लन्डन । यतिखेर नेपाली राष्ट्रिय कलाकारको निक्कै भीड छ बेलायतमा । नयां वर्ष मनाउने कार्यक्रममा आएका आधा दर्जन कलाकारले विभिन्न शहरमा आफ्नो गायन प्रस्तुत गरिरहेका छन् ।
नायिका प्रियंका कार्की तीनवटा कार्यक्रममा सहभागी भएर फर्किएपनि बांकी कलाकार शिव परियार, हेमन्त शर्मा, रामजी खांड, देबिका केसी, शम्भु राई आदि कार्यक्रम गर्न साता पिच्छे व्यस्त छन् । नायक दयाहाङ राईलाई भने आफ्नो फिल्म ‘बीर बिक्रम’ को प्रिमियर शोले व्यस्त बनाएको छ ।
लोकप्रिय दोहोरी कलाकारद्वय रामजी खांड र देबिका केसीको गायनले यतिखेर बेलायत दोहोरीमय बनेको छ । उनीहरुले दोहोरी गाएर दर्शक नचाइरहेका छन् ।
५ हजार बढि गीत गाइसकेका खांडले ‘फूल फूलेर पयांलै भयो…’, ‘सालैजो…’ अनि पन्चे बाजाका साथ ‘काफल पाक्यो…’ गीत गाएर दर्शक मन जितेका हुन् । गायिका देबिका केसीको चाहिं ‘बाजी ठोकम आउ झिल्के…’ ले धेरै झिल्केहरुलाई लट्ठ पारिदिएको छ ।
शान्ति समाज बेलायतको निम्तोमा बेलायत आएका रामजी र देबिकाको जोडीले अहिलेसम्म बर्मिङघम, अल्डरसट, नटिङघम, उलवीच, प्लमस्टिडमा पटक पटक कार्यक्रम गरिसकेको छ भने अझै ६ शहरमा कार्यक्रम गर्न बांकी रहेको खांडले जनाएका छन् । ‘बेलायत लोक दोहोरीको उर्वरभूमि नै रहेछ’, खांडले भने, ‘दर्शकहरुको लोकगीतप्रतिको लगावले हामीलाई थप हौसला मिलेको छ ।’
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक