
लण्डन । अङ्ग्रेजी भाषणका सुप्रसिद्ध नाटककार तथा कवि विलियम सेक्सपियर र उहाँको जन्मभूमि बेलायतमा भन्दा भारतमा बढी प्रसिद्ध भएको मङ्गलबार सार्वजनिक गरिएको सर्वेक्षणले जनाएको छ ।
ब्रिटिस काउन्सिलले १५ देशका १८ हजार मानिससँग प्रसिद्ध कवि तथा नाटककार सेक्सपियरको मृत्यु भएको ४००औँ पुण्यदिवसमा गरिएको सर्वेक्षणमा ८३ प्रतिशत भारतीयले उनलाई चिनेको बताएका थिए । तर बेलायतमा भने ५७ प्रतिशत नागरिकले उहाँलाई चिन्ने बताएका जनाइएको छ ।
‘अलद वर्डस’ नाम दिइएको सर्वेक्षणमा नाटककार सेक्सपियरलाई अन्य मुलुकको नागरिकको तुलनामा बेलायती नागरिकले कम चिन्ने जनाएका बताइएको छ ।
धेरै मानिसले सेक्सपियरका कारण बेलायतप्रति सकारात्मक रहने गरेको बताइरहँदा बेलायती नागरिकले नै सेक्सपियरबारे कम जान्नु आश्चर्यजनक भएको देखिएको छ ।
मेक्सिकोमा ८८ प्रतिशत र ब्राजिलमा ८४ प्रतिशतले नाटककार सेक्सपियरलाई जानेको बताइएको छ । उनीहरुमध्ये केहीले सेक्सपियर जन्मेको देश भएका कारण आफू एकपटक बेलायत पुग्न चाहेको बताएका थिए ।
सेक्सपियरको मृत्यु भएको ४०० वर्षपछि पनि उहाँका कृति तथा फुटकर कविताहरु विश्वभर विशेष महत्वका साथ पढाइने गरेको सर्वेक्षणमा नेतृत्व गरेको ब्रिटिस काउन्सिलमा सेक्सपियरको जीवनी सम्बन्धमा कार्यरत निर्देशक रोजम्यारी हिलहट्सले बताए ।
बेलायतमा सेक्सपियरद्वारा लेखिएको कृति उनकै भाषामा पढाइने गरिए पनि अन्य देशमा उहाँको मौलिक कृतिका अतिरिक्त अनुवाद गरिएका संस्करणहरु पनि पढाइने गरेको हिलहट्सले बताए ।
उनका कृतिलाई संसारका १४० भन्दा बढी देशमा पुरयाउनु व्यवस्थित तरिकाले गृहकार्य गरिँदै भएको ब्रिटिस काउन्सिलले बताएको छ ।
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान