
लन्डन । पटक पटक बेलायत आउन आवेदन दिएपनि भिजा नलागेर बिरक्त बनेकी लोकगायिका ज्योति मगर अन्ततः बेलायत आउने भएकी छिन् । उनको आजै भिजा लागेको सपन इन्टरटेनमेन्ट लिमिटेडका प्रबन्ध
निर्देशक सपनकुमार राईले जनाएका छन् । सपन इन्टरटेनमेन्ट लिमिटेडले नै ज्योतिलाई बेलायत झिकाएको हो ।
‘भिजा लागेपछि उनी सार्है खुशी छन्’, सपनले भने, ‘यसअघि धेरै संघसंस्थाले आवेदन दिएपनि उनको भिजा अस्वीकार हुंदा ज्योतिले हरेस खाइ सकेकी थिइन् ।’
ब्रिटिश गोर्खा नेपलिज काउन्सिलले अंग्रेजी नयां वर्षका अवसरमा मगरलाई झिकाउन आवेदन दिएपनि भिजा अस्वीकार भएपछि गायिकाहरु इन्दिरा जोशी र सुनिता दुलाल यूके आएका थिए ।
ज्योतिले बेलायतका विभिन्न शहरमा कार्यक्रम गर्ने तयारी छ । अहिले ४ जुन सांझ इम्पायर हल अल्डरसट र ११ जुनमा हकिन्स् कम्युनिटी सेन्टर, केन्टमा शो गर्ने तय भइसकेको छ भने पछि बांकी स्थान पछि तय गरिने राईले जनाए ।
सेक्सी हाउभाउ र तडकभडकले ज्योति बेला बेला विवादमा तानिने गर्छिन् । लोकगीतमा उच्छृंखलता भित्र्याएको आरोप उनीमाथि लाग्ने गरेको छ । उनको ढाडे बिरालो…गीतले चर्चासंगै आलोचना खेपेको थियो ।
सपन इन्टरटेनमेन्टले नियमित रुपमा कलाकारहरु यूके ल्याएर कार्यक्रम गर्दै आएको छ । आफ्नो संस्थाको प्रतिष्ठाका कारण कलाकारहरुलाई यूके झिकाउन अप्ठेरो नपर्ने राईको दाबी छ । सपन इन्टरटेनमेन्ट लि. यूकेले आगामी ८ मे मा दि इम्पायर ब्याङक्यूटिङ हल, अल्डरसट र १५ मेमा सफारी सिनेमा हल, ह्यारोमा भुवन केसी निर्देशित फिल्म ड्रिम्स् को प्रिमियर गर्ने तयारी छ । प्रिमियर शोमा भुवन केसी र अनमोल केसी बेलायत आउन भिजा लागिसकेको छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो