
लन्डन । पटक पटक बेलायत आउन आवेदन दिएपनि भिजा नलागेर बिरक्त बनेकी लोकगायिका ज्योति मगर अन्ततः बेलायत आउने भएकी छिन् । उनको आजै भिजा लागेको सपन इन्टरटेनमेन्ट लिमिटेडका प्रबन्ध
निर्देशक सपनकुमार राईले जनाएका छन् । सपन इन्टरटेनमेन्ट लिमिटेडले नै ज्योतिलाई बेलायत झिकाएको हो ।
‘भिजा लागेपछि उनी सार्है खुशी छन्’, सपनले भने, ‘यसअघि धेरै संघसंस्थाले आवेदन दिएपनि उनको भिजा अस्वीकार हुंदा ज्योतिले हरेस खाइ सकेकी थिइन् ।’
ब्रिटिश गोर्खा नेपलिज काउन्सिलले अंग्रेजी नयां वर्षका अवसरमा मगरलाई झिकाउन आवेदन दिएपनि भिजा अस्वीकार भएपछि गायिकाहरु इन्दिरा जोशी र सुनिता दुलाल यूके आएका थिए ।
ज्योतिले बेलायतका विभिन्न शहरमा कार्यक्रम गर्ने तयारी छ । अहिले ४ जुन सांझ इम्पायर हल अल्डरसट र ११ जुनमा हकिन्स् कम्युनिटी सेन्टर, केन्टमा शो गर्ने तय भइसकेको छ भने पछि बांकी स्थान पछि तय गरिने राईले जनाए ।
सेक्सी हाउभाउ र तडकभडकले ज्योति बेला बेला विवादमा तानिने गर्छिन् । लोकगीतमा उच्छृंखलता भित्र्याएको आरोप उनीमाथि लाग्ने गरेको छ । उनको ढाडे बिरालो…गीतले चर्चासंगै आलोचना खेपेको थियो ।
सपन इन्टरटेनमेन्टले नियमित रुपमा कलाकारहरु यूके ल्याएर कार्यक्रम गर्दै आएको छ । आफ्नो संस्थाको प्रतिष्ठाका कारण कलाकारहरुलाई यूके झिकाउन अप्ठेरो नपर्ने राईको दाबी छ । सपन इन्टरटेनमेन्ट लि. यूकेले आगामी ८ मे मा दि इम्पायर ब्याङक्यूटिङ हल, अल्डरसट र १५ मेमा सफारी सिनेमा हल, ह्यारोमा भुवन केसी निर्देशित फिल्म ड्रिम्स् को प्रिमियर गर्ने तयारी छ । प्रिमियर शोमा भुवन केसी र अनमोल केसी बेलायत आउन भिजा लागिसकेको छ ।
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान