लन्डन । सभामुख ओनसरी घर्तीमगर नेतृत्वमा आएको प्रतिनिधिमण्डललाई ब्रिटिश ग्रुप इन्टर पार्लियामेन्ट्री युनियनले सोमबार सांझ संसद भवनमा ‘रिसेप्सन’ दिएको छ ।
सभामुख घर्तीमगरले कार्यक्रमलाई सम्वोधन गर्दै बेलायती र नेपाली संसदको सम्वन्ध अझ सुमधुर होस् भन्ने आफ्नो चाहना रहेको उल्लेख गरिन् । ‘हाम्रो सम्वन्ध पुरानो मात्र होइन, प्रगाढ पनि छ’, उनले भनिन्, ‘बेलायत नेपाल सम्वन्ध दुई सय वर्ष भन्दा धेरै अगाडि देखि रहिआएको छ । यो सम्वन्ध निरन्तर गाढा होस् भन्ने हाम्रो चाहना हो ।’ उनले बेलायती राजकुमार ह्यारीको हालै नेपाल भ्रमणले बेलायत नेपाल सम्वन्ध अरु बढेको पनि बताइन् । उनले बेलायत नेपाल दौत्य सम्वन्ध मनाइरहंदा भूपू गोर्खाहरुको समस्या बेलायत सरकारले समाधान गर्ने विश्वास समेत व्यक्त गरिन् ।
कार्यक्रम आयोजक एवं युनियन कार्यकारिणी समितिका संयोजक सांसद वायन डेभिडले प्रतिनिधिमण्डललाई स्वागत गर्दै भ्रमणबाट दुई देश एकापसमा लाभान्वित हुने धारणा राखे ।
सभामुखको नेतृत्वमा चार प्रमुख दलका प्रमुख सचेतकहरुसहित ७ सदस्यीय प्रतिनिधिमण्डल यतिखेर बेलायत भ्रमणमा छ । प्रतिनिधिमण्डलमा नेपाली कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठ, नेकपा (एमाले) का प्रमुख सचेतक भानुभक्त ढकाल, एनेकपा (माओवादी) का प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक दीलनाथ गिरी, संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई र सचिव मुकुन्दप्रसाद शर्मा छन् ।
कार्यक्रममा कार्यवहाक राजदूत तेजबहादुर क्षेत्री, थर्ड सेक्रेटरी बाबुकाजी डंगोल, मिलिट्री अट्याची प्रदीपजंग केसी, गैर आवासीय नेपाली संघका सल्लाहकार विश्व आदर्श पण्डित, गैर आवासीय नेपाली संघ युरोप संयोजक कुल आचार्य, गैर आवासीय नेपाली संघ बेलायतका अध्यक्ष मुछेत्र गुरुङ, पूर्व अध्यक्ष सूर्य गुरुङ, काउन्सिलर डा. बच्चु कैलाश कैनी, समाजसेवी चिकित्सक डा. राघवप्रसाद धिताल (ओबिइ), नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष नरेश खपांगीमगर, बीबीसी नेपालीका पूर्व प्रमुख खगेन्द्र नेपाली, डेस्क एडिटर सुमन खरेल, नेपलिज सेफ एसोसिएसन यूके अध्यक्ष कृष्ण तिमिल्सिना, नेपलिज क्याटरर्स एसोसिएसन यूके अध्यक्ष विजय थापा, भूपू गोर्खा नेताहरु ज्ञानराज राई, कृष्ण राई, मेजर रि. मानबहादुर राई लगायत सहभागी थिए ।
उक्त अवसरमा सभामुखले सांसद वायन डेभिडलाई टोकन अफ लभ स्वरुप नेपालको नयां संविधानको प्रति प्रदान गरिन् भने डेभिडले पनि सभामुखलाई मायाको चिनो प्रदान गरे ।
इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
इरानले शान्ति प्रस्ताव अस्वीकार गरे पुनः आक्रमण गर्ने अमेरिकाको चेतावनी
लन्डनमा गुञ्जियो नेपाली हिपहप
बेलायतद्वारा युक्रेनलाई सहयोग घोषणा
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
पूर्वकुलपति काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, ५० हजार राशिको पुरस्कार गीलु रातोसलाई प्रदान