लन्डन । प्रवासी नेपाली मञ्च बेलायतले आइतबार चियापान तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा प्रमुख सचेतक भानुभक्त ढकालको प्रमुख आतिथ्यमा चाल्टर्नस्थित एसेम्ली हलमा कार्यक्रम भएको हो ।
ढकाल अहिले सभामुख ओनसरी घर्तीमगर र अन्य दलका प्रमुख सचेतकसंगै बेलायतको संसदीय अध्ययन भ्रमणमा छन् ।
मञ्चका अध्यक्ष रामशरण सिम्खडाको अध्यक्षतामा भएको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेता ढकालले संविधान निर्माणका लागि एमालेले नै नेतृत्वदायी भूमिका खेलेको दाबी गरे । उनले संविधान कार्यान्वयन हुन नदिन धेरै कोणबाट षडयन्त्र र चलखेल भइरहेको जिकिर गर्दै त्यसलाई निरुत्साहित गर्न पनि एमालेकै नेतृत्व जरुरी रहेको धारणा राखे ।
अध्यक्ष सिम्खडाले दोहोरो नागरिकता माग प्रवासका कार्यकर्ताहरुको भावनासंग जोडिएको विषय भएकाले यसप्रति थप संवेदनशील र सकारात्मक हुन एमाले पार्टीलाई आग्रह गरे ।
मञ्चका महासचिव तुंगभद्र भुसालले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष रमेश बास्तोलाले धन्यवाद र मञ्चका साउथ इष्ट कमिटी सचिव केदार थपलियाले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रममा सम्पूर्ण संघसंस्थाको प्रतिनिधित्व गर्दै एनआरएनए यूके उपाध्यक्ष दासुराम पाण्डेले शुभकामना मन्तव्य राखेका थिए ।
इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
इरानले शान्ति प्रस्ताव अस्वीकार गरे पुनः आक्रमण गर्ने अमेरिकाको चेतावनी
लन्डनमा गुञ्जियो नेपाली हिपहप
बेलायतद्वारा युक्रेनलाई सहयोग घोषणा
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
पूर्वकुलपति काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, ५० हजार राशिको पुरस्कार गीलु रातोसलाई प्रदान