लन्डन । रोयल बरो अफ ग्रीनवीच नेपलिज सोसाइटीको नयां वर्ष शुभकामना सांझ भव्य रुपमा सम्पन्न भएको छ । आइतबार सांझ एसियन कम्युनिटी हलमा आयोजित नयां वर्ष कार्यक्रममा ग्रीनवीच बरोका विशिष्ठ व्यक्तित्वहरुसहित हजारौं सहभागी भए । आयोजकले काउन्सिलहरु सोचे भन्दा बढि उपस्थिति भएको जनाएका छन् । ५ पाउण्ड टिकटमा डिनरसमेत समावेश भएपछि कार्यक्रममा ओइरिने असंख्य भए । भीडभाडका बीच होहल्ला र सामान्य हात हालाहालको स्थिति समेत आइपरेको थियो ।
कुनै जातजातीलाई मात्र प्रतिनिधित्व नगरि कार्यक्रम गरिएकाले सहभागिता उल्लेख्य रहेको आयोजकको बुझाइ छ । कार्यक्रममा चर्चित तीन कलाकारहरु शिव परियार, रामजी खांड र देविका केसी तथा स्थानीय कलाकारहरुको बेजोड नृत्यले दर्शक थप आकर्षित भए ।
मन्तव्यका क्रममा अध्यक्ष कुमार श्रेष्ठले नयां वर्षको शुभकामना दिंदै कुनै जाती विशेष मात्र नभइ समग्र नेपाली समाजलाई प्रतिनिधित्व गर्दै नयां वर्ष मनाइएको जनाए । कार्यक्रममा प्रमुख अतिथी मेयर नोर्मन एडम्स्, सांसद म्याथ्यू पेनीकुक, बरो लिडर डेनिस हाइल्याण्ड, काउन्सिलर मेथ्यू म्यारोले पनि शुभकामना दिए ।
महासचिव खुशी लिम्बुले सञ्चालन गरेको पहिलो औपचारिक कार्यक्रममा वरिष्ठ सल्लाहकार एल एन पाण्डेले स्वागत मन्तव्य दिएका थिए ।
दोश्रो चरणको सांस्कृतिक कार्यक्रम सुशिल प्रजापति, आयुष्मा गिरी, सेविका जिसी र सूर्य गुरुङले सञ्चालन गरेका थिए । उक्त अवसरमा विभिन्न जातजातीका नाच देखाइएको थियो । राष्टिय कलाकारको माग बढेपछि आयोजकलाई एक घण्टा समय थपेर मध्यरात १२ बजे कार्यक्रम समापन गर्नुपरेको थियो ।
कार्यक्रममा काजोल जोशी, आयुष्मा गिरी, श्रेया कार्की, इन्दु कार्की, सेविका जिसी, संजोग जिसी, रिया खरेल, एलिजा श्रेष्ठ, हरिकुमार मल्ल, देवी गुरुङ, दिलधारा गुरुङ, यममाया गुरुङ, ह्ंयूकुमारी गुरुङ, इन्द्रमाया गुरुङ, दलबहादुर गुरुङ, टिलबहादुर गुरुङ, दिक्षा सुनुवार, रक्षा सुनुवार, नर्पता गुरुङ, ओममाया गुरुङ, बिकेस बस्नेत, एलिसा खत्री, सोम्या श्रेष्ठ, पुजा खरेल लगायतले नृत्य प्रस्तुत गरेका थिए । आयोजकले कलाकारहरुलाई सम्मानपत्रसहित आभार व्यक्त गरेका छन् ।
सोसाइटीको यसअघि दशैं कार्यक्रममा पनि यस्तै सहभागिता थियो । स्थानीय काउन्सिलले यस संस्थालाई मान्यता दिंदै सहकार्य गर्न लालयित भएको अध्यक्ष श्रेष्ठले जनाएका छन् ।
तस्विरः शिव भण्डारी
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]