केन्ट, बेलायत। मिलन चाम्स निर्देशित ‘बीर बिक्रम’ को बेलायतको आँसफोर्डमा शनिबार छैटौ प्रिमियर सो सम्पन्न भयो।
हालैको नेपाली सिने जगतका एक नम्बर चर्चित र लोकप्रिय नायक दयाहांग राई र नायिका दिया पुनको प्रत्यक्ष उपस्थिति रहेको र बेलायतलगायत हङ्कङको प्रिमियर सोहरुले ‘बीर बिक्रम’ चलचित्र दर्शकहरुमा सकारात्मक प्रतिकृया दिलाएका उक्त सो हेर्न उत्साहित दर्शकहरुको भिडले हल भरिएकाे थियो।
यसअघि अल्डर्सटको प्रिन्सेस हलमा रेड कार्पेट प्रिमियर सो गरे यता बेलायतको विभिन्न स्थानहरुमा साे चलचित्र युनिटले पाँचवटा साे गरिसकेको छ । अहिलेसम्म साे गर्न नसकेको ठाउँहरुका दर्शकहरुले उक्त चलचित्र हेर्न नपाएको गुनासो गरेकाले निर्देशक र नायकको नेपाल फर्कने समय लम्ब्याउनु निर्देशक चाम्सले बताए।
चलचित्रको कथाले दर्शकलाइ अत्यन्तै बाँधेर राख्न सक्ने भएको र चलचित्रका द्वन्द र रौनक कथा झन् रोचक हुँदै जाने भएकोले चलचित्रभित्र हराएर दर्शकहरुले पूरै फिल्म चुपचाप हेरेका थिए।
यस चलचित्रका नयाँ अनुहार नायिका दिया पुनले पुराना नायिकाहरुभन्दा अझै राम्ररी आफ्नो अभिनय निभाएको र नायक दयाहांग राइको अरु चलचित्रमा नदेखिएको अभिनयले झन यस चलचित्रलाई हेर्न नछुटाउने बनाएको छ।
यस चलचित्रले जागरुक र सजग बन्नु पर्ने शिक्षा दिन्छ र सामाजका कुरीतिहरु र अन्ध श्वास हटाउनु पर्छ जस्ता पाठ सिकाउँछ । समग्रमा सिंगो समाज अटाउने चलचित्र बनेको छ यो ‘बीर बिक्रम’।
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
बेलायतमा उत्तर गुरुङ, जीवनारायण बेल्वासे र प्रतिक्षा गुरुङ काउन्सिलर निर्वाचित
नेपाल सरकारले हटायो विदेशस्थित १५ जना अवैतनिक दूत [यस्ता छन्, मन्त्रिपरिषद्को निर्णय]
बेलायतमा मनायो मंगल बुद्ध विहार यूकेले २५७०औँ बुद्ध जयन्ती [तस्बिरहरु]
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
गुल्मी जिल्ला समाज यूकेको अध्यक्षमा मञ्जु भण्डारी खरेल निर्वाचित