लण्डन । विभिन्न युद्धहरुमा दिवंगत गोरखाहरु, घाइते, अपांग र बेपत्ता योद्धाहरुको सम्झनामा स्यांजाको फेदिखोलामा बनाइन लागेको गोरखा स्मारकलाई सहयोग जुटाउन युकेमा च्यारिटी डिनर आयोजना गरिएको छ ।
गोरखा भूतपूर्व सैनिक संघ(गेसो) को मातहतको ब्रिटिश गोरखा एक्स सर्भिसमेन कम्युनिटीले अल्डरसटमा सो कार्यक्रम आयोजना गरेको थियो ।
स्थानीय रसमुर बोरोका मेयर मार्टिन टेनाण्टको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा मेयर टेनाण्टले आफ्नो काउन्सिलमा गोरखाहरुको बसोबास रहेकोमा प्रशन्नता व्यक्त गरे । उनले गोरखाहरुले नेपालमा स्मारक बनाउन लागेकोमा आफूलाई खुशी लागेको बताए ।
गोरखाहरुका लागि कानुनी सेवा दिंदै आएको हाओ एण्ड को सोलिसिटर्सका पार्टनर मार्टिन हाओले अल्डरसटमा गोरखाहरुको कार्यक्रममा उपस्थित हँुदा पोखरा, काठमाडौंको कार्यक्रममा सरिक भएको झैं लागेको बताए । गोरखाहरुले युकेको लागि ज्यानकोे बलिदानी दिएकोले उनीहरुलाई युकेमा बसोबास गर्न दिइनु न्यायोचित भएको बताए ।
गेसोका वरिष्ठ उपसभापति कृष्णकुमार राईले गोरखाहरुमाथिको सदियौंदेखिको विभेदा अन्त्य गर्न गेसो लागिरहेको स्मरण गराउँदै त्यसलाई अझ उचाइमा लैजान गोरखा स्मारक बनाउन लागिएको जानकारी दिए ।
कार्यक्रममा एनआरएनए युकेका अध्यक्ष मुच्छेत्र गुरुङ, तमुधिँ युकेका अध्यक्ष रामचन्द्र (सूर्जे) गुरुङ, मगर संघका अध्यक्ष नेम थापामगर, ग्रेटर रसमुर नेपलिज कम्युनिटीका उपाध्यक्ष जीव बेल्बासे, नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष नरेश खपाङ्गीमगर, नेपाल आदिवासी जनजाति महासंघ, युकेका अध्यक्ष तुल छन्त्याल लगायतको उपस्थिति थियो ।
सो कार्यक्रममा गेसो उपसभापति कमला गुरुङले स्वागत मन्तब्य, फार्नब्रो समितिका सभापति भक्तबहादुर गुरुङले हेल्थ एण्ड सेफ्टी, अल्डरसट समितिका अध्यक्ष जंगबहादुर गुरुङले धन्यवाद ज्ञापन गरेका थिए ।
हाल युकेमा रहेका कलाकारहरु शिव परियार, रामजी खाँड र देविका केसीका साथमा स्थानीय रसमुरका कलाकारहरुले मनोरञ्जन प्रदान गरेका थिए ।
मकवानपुरमा सुमो दुर्घटनाका घाइतेमध्ये ६ जनाको मृत्यु
सिरियामा आइएसको भूमिगत केन्द्रमा बेलायत–फ्रान्सको हवाई आक्रमण
गायक ‘सपुत’लाई जन्मस्थलोको दर्शकले साथदिँदा…
प्रवासी नेपालीको कथामा बन्यो चलचित्र ‘प्रवासी जीवन’
भेनेजुएलामा भएका अमेरिकी कारबाहीमा बेलायतको कुनै संलग्नता छैन : प्रधानमन्त्री स्टार्मर
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै