लन्डन । सभामुख ओनसरी घर्तीमगरसहित प्रमुख दलका सचेतकहरु आइतबार बिहान लन्डन उत्रिएका छन् । बिहान हिथ्रो एयरपोर्ट लन्डनमा उनीहरुलाई बेलायतका लागि कार्यवहाक राजदूत तेजबहादुर क्षेत्री, थर्ड सेक्रेटरी बाबुकाजी डंगोल र ब्रिटिश ग्रुप इन्टर पार्लियामेन्ट्री युनियन पदाधिकारीले स्वागत गरेका थिए । युनियनले१८ देखि २३ सम्म हुने औपचारिक भ्रमणका लागि बोलाएको हो ।
प्रतिनिधिमण्डलमा सभामुखसहित नेपाली कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठ, नेकपा (एमाले) का प्रमुख सचेतक भानुभक्त ढकाल, एनेकपा (माओवादी) का प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक दीलनाथ गिरी छन् ।
सभामुखको टोलीमा संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई र सचिव मुकुन्दप्रसाद शर्मा समेत छन् ।
प्रतिनिधिमण्डलले बेलायतको संसदीय अभ्यासका बारेमा जानकारी लिनुका साथै तल्लो र माथिल्लो सदनका आफ्ना समकक्षीसंग भेटवार्ता गर्ने कार्यक्रम छ ।
सभामुख घर्तीसंग आजै गैर आवासीय नेपाली संघ, बेलायत र गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले अन्तरक्रिया कार्यक्रम राखेका छन् ।
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान