लण्डन । क्याम्ब्रिशायरको पिटरबोरो र वरपर बस्ने नेपालीहरूले नेपाली नयॉवर्ष २०७३ लाई भव्यताकासाथ स्वागत गरी मनाएका छन् ।
करिब दुईसय नेपालीहरूको सहभागिता भएको नयॉवर्ष कार्यक्रममा नेपालका चर्चित गायक शिव परियारले लगातार दुईघण्टा नेपाली गीत गायेर सहभागीहरूलाई भरमुर मनोरन्जन दिएका थिए ।
पिटरबोरोको वेस्ट उड हलमा पिटरबोरो नेपाली समाजको आयोजना र गोर्खा नेपाली कम्युनिटी पिटरबोरोको सहभागितामा यही अप्रिल ११ मा सम्पन्न नयाँवर्ष कार्यक्रममा गायककार सुमिर ज्ञवालीले गीत र गीतकार नृपेश उप्रेतीले गजल गाएका थिए । स्थानीय कलाकार रहना शर्मा, रोजिना कार्की, सुमी ढकाल,स्नेहा भट्ट,रिया केसी,आर्शिया खरेल,सिजन भुसाल र सोनासा भट्टराईले नृत्य प्रतुस्त गरेका थिए ।
पिटरबोरो नेपाली समाजका अध्यक्ष केशब भण्डारीको सभापतित्वमा संचालित कार्यक्रममा एनअारएनयुकेका सल्लाहकार कमल भण्डारी, सृजनशील लेस्टर समाजका दयानिधी सापकोटा, शान्ति नेपाली समाज वेलायतका
काशीराज शर्मा र पिटरबोरो सिटी काउन्सिलर गुल नवाजले नयॉवर्षको शुककामना व्यक्त गरेका थिए ।
पिटरबोरो नेपाली समाजका महासचिव पवन शर्माले संचालन गरेको पहिले चरणको औपचारिक कार्यक्रममा समाजका उपाध्यक्ष रामबाबु कोइरलाले र गोर्खा नेपाली कम्युनिटीका दल बुढाथोकीले स्वागत मन्तव्य दिएका थिए।
दोस्रो चरणको सास्कृतिक कार्यक्रम गीतकार नृपेश उप्रेतीले संचालन गरेका थिए । साँझ पाँच बजेदेखि राति एघार बजेसम्म रहेको नयॉवर्षको शुभकामना पार्टीमा नेपाली खानपिनका साथ शिव परियारको गायनमा सहभागीहरू नाचगान गरी रमाएका थिए ।
कार्यक्रमको अन्त्यमा अध्यक्ष केशब भण्डारीले सबैलाई धन्यवाद दिदै समाजको तर्फबाट नयॉवर्ष २०७३ को शुभकामना दिएका थिए ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा