लन्डन । बेलायत बस्ने नेपाली चलचित्रप्रेमीहरुलाई खुशीको खबर छ । कारण, अभिनेता भुवन केसी र उनका सुपुत्र लोकप्रिय नायक अनमोल केसीको यूके भिजा लागेको छ । भिजा गाइड नेपालले केसी बाबु छोराको यूके भिजा आवेदन सफल भएको जनाउंदै प्रसन्नता व्यक्त गरेको छ । उनीहरुको यूके आउने मिति भने तय हुन बांकी छ । अनमोल र भुवन ले यूकेवासी नेपालीलाई फिल्मको शोमा आउन निम्तो दिएका छन् । (तल प्रोमो हेर्नुहोस्) ।
सपन इन्टरटेनमेन्ट लि. यूकेले आगामी ८ मे मा दि इम्पायर ब्याङक्यूटिङ हल, अल्डरसटमा गर्न लागेको भुवन केसी निर्देशित फिल्म ड्रिम्स् को प्रिमियर शोमा उनीहरु आउने भएका हुन् । उक्त फिल्म १५ मेमा सफारी सिनेमा हल, ह्यारोमा समेत प्रदर्शन गर्ने तयारी छ । सपन इन्टरटेनमेन्टका प्रवन्ध निर्देशक सपनकुमार राईले बेलायतवासी नेपालीलाई फिल्म हेर्न र भुवन अनमोलसंग प्रत्यक्ष साक्षात्कारको अवसर नगुमाउन आग्रह गरेका छन् ।
फागुन २१ मा रिलिज भएको ड्रिम्स् ले दुई दिनमै यसको लगानी उठाएको थियो । फिल्ममा अनमोल, साम्राज्ञी राज्य लक्ष्मी शाह र सन्ध्या केसीको लिड रोल छ । ड्रिम्स् को सफलतासंगै यतिखेर नेपाली चलचित्र उद्योगमा भुवन केसी र अनमोल केसी चर्चाको शिखरमा छन् ।
अनमोलका यसअघि होस्टेल र जेरी फिल्म पनि चर्चा बटुल्न सफल भएका थिए ।
सन् २०१३ मा होस्टेल फिल्मबाट अनमोलले फिल्मी खवर अवार्ड, बक्स अफिस फिल्म अवार्ड र इन्फा अवार्डस् (हङकङ) मा वेष्ट डेबुट एक्टरको अवार्ड पाएका थिए । होस्टेलबाटै उनी कामना फिल्म अवार्डस् र नेफ्टा अवार्डस्का लागि नोमिनेट भए । अनमोल जेरी फिल्मका लागि एनएफडिसी र नेफ्टा अवार्डस् २०१५ मा पपुलर एक्टर अफ दि इयरमा मनोनित भएका थिए ।
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान