लन्डन । बेलायत बस्ने नेपाली चलचित्रप्रेमीहरुलाई खुशीको खबर छ । कारण, अभिनेता भुवन केसी र उनका सुपुत्र लोकप्रिय नायक अनमोल केसीको यूके भिजा लागेको छ । भिजा गाइड नेपालले केसी बाबु छोराको यूके भिजा आवेदन सफल भएको जनाउंदै प्रसन्नता व्यक्त गरेको छ । उनीहरुको यूके आउने मिति भने तय हुन बांकी छ । अनमोल र भुवन ले यूकेवासी नेपालीलाई फिल्मको शोमा आउन निम्तो दिएका छन् । (तल प्रोमो हेर्नुहोस्) ।
सपन इन्टरटेनमेन्ट लि. यूकेले आगामी ८ मे मा दि इम्पायर ब्याङक्यूटिङ हल, अल्डरसटमा गर्न लागेको भुवन केसी निर्देशित फिल्म ड्रिम्स् को प्रिमियर शोमा उनीहरु आउने भएका हुन् । उक्त फिल्म १५ मेमा सफारी सिनेमा हल, ह्यारोमा समेत प्रदर्शन गर्ने तयारी छ । सपन इन्टरटेनमेन्टका प्रवन्ध निर्देशक सपनकुमार राईले बेलायतवासी नेपालीलाई फिल्म हेर्न र भुवन अनमोलसंग प्रत्यक्ष साक्षात्कारको अवसर नगुमाउन आग्रह गरेका छन् ।
फागुन २१ मा रिलिज भएको ड्रिम्स् ले दुई दिनमै यसको लगानी उठाएको थियो । फिल्ममा अनमोल, साम्राज्ञी राज्य लक्ष्मी शाह र सन्ध्या केसीको लिड रोल छ । ड्रिम्स् को सफलतासंगै यतिखेर नेपाली चलचित्र उद्योगमा भुवन केसी र अनमोल केसी चर्चाको शिखरमा छन् ।
अनमोलका यसअघि होस्टेल र जेरी फिल्म पनि चर्चा बटुल्न सफल भएका थिए ।
सन् २०१३ मा होस्टेल फिल्मबाट अनमोलले फिल्मी खवर अवार्ड, बक्स अफिस फिल्म अवार्ड र इन्फा अवार्डस् (हङकङ) मा वेष्ट डेबुट एक्टरको अवार्ड पाएका थिए । होस्टेलबाटै उनी कामना फिल्म अवार्डस् र नेफ्टा अवार्डस्का लागि नोमिनेट भए । अनमोल जेरी फिल्मका लागि एनएफडिसी र नेफ्टा अवार्डस् २०१५ मा पपुलर एक्टर अफ दि इयरमा मनोनित भएका थिए ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो