लन्डन । सभामुख ओनसरी घर्तीमगरसहित प्रमुख सचेतकहरुको टोली यही १७ अप्रिल बिहान कतार एयरवेजबाट लन्डन उत्रने भएको छ । ब्रिटिश ग्रुप इन्टर पार्लियामेन्ट्री युनियनको निम्तोमा बेलायत आउन लागेको उक्त प्रतिनिधिमण्डलमा सभामुख, नेपाली कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठ, नेकपा एमाले प्रमुख सचेतक भानुभक्त ढकाल, नेकपा एकीकृत माओवादीका प्रमुख सचेतक हितराज पाण्डे, राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरी, संसद सचिवालयका महासचिव मनोहर भट्टराई र सचिव मुकुन्द घिमिरे रहेको नेपाली दूतावासले जानकारी दिएको छ ।
१८ देखि २३ सम्म हुने औपचारिक भ्रमणका अवसरमा प्रतिनिधिमण्डलले बेलायती संसदीय प्रणालीबारे अध्ययन एवं भेटघाट र अन्तरसंवाद गर्नेछ । डिएफआइडी मन्त्री, विदेश मन्त्रालय (एफसीओ) पदाधिकारी र सेलेक्ट कमिटीसंग भेटघाट, वेष्टमिनिष्टर अवलोकन लगायत कार्यक्रम समेत समावेश छन् । संसदमा प्रधानमन्त्रीको प्रश्नोत्तर अवलोकन र संसदीय समितिसंग राउण्ड टेबल मिटिङ पनि तय भएको छ ।
प्रतिनिधिमण्डल २१ तारिख बिहान स्कटल्याण्ड गएर शुक्रबार लन्डन फर्कने कार्यक्रम छ ।
उनीहरुको सम्मानमा ब्रिटिश ग्रुप इन्टर पार्लियामेन्ट्री युनियन र नेपाली दूतावासले बेग्ला बेग्लै रिसेप्सन राखेका छन् । बेलायतस्थित नेपाली संघसंस्थाको पनि स्वागत कार्यक्रम तय भएको छ । प्रवासी नेपाली मञ्च यूकेले १७ तारिख दिउसो चाल्टर्नमा नेकपा एमाले प्रमुख सचेतक भानुभक्त ढकालसंग चियापान एवं अन्तरक्रिया कार्यक्रम राखेको छ । यसैगरी गैर अावासीय नेपाली संघ युके, मगर संघ युके र गाेरखा सत्याग्रह संयुक्त संघर्ष समितिले पनि सभामुख घर्तीलाई साेही दिन अल्डरसटस्थित किंग्स सेन्टरमा स्वागत कार्यक्रम गर्दैछ।
प्रतिनिधिमण्डल कतार एयरलायन्सबाट २३ अप्रिल सांझ नेपाल फर्कने छ ।
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान