लन्डन । यतिखेर बेलायतको सांगीतिक टुरमा छ नेपाली ब्याण्ड ‘नाइट’ । उसले बेलायतका विभिन्न शहरमा आफ्नो सांगीतिक प्रस्तुति दिइरहेको आयोजक मेकिङ ट्रयाक्सले जनाएको छ ।
ब्याण्डले अहिलेसम्म ब्राइटन डोम ब्राइटन, बरी सेन्ट एडमन्ड्स, न्यू क्यासल, मिल्टन केन्स् र बर्मिङ्घममा आफ्नो संगीत प्रस्तुत गरिसकेको छ भने आगामी १५ अप्रिलमा म्यानचेष्टर, १६ मा क्यामब्रीज र १७ अप्रिलमा लन्डनमा कार्यक्रम गर्दैछ ।
यूकेस्थित नाम्लो ब्याण्डमा आवद्ध गायक तथा संगीतकार गंगा थापाले नाइट ब्याण्डको लाइभ परफर्मेन्स बेलायतमा बिरलै हुने भएकाले नेपाली संगीतप्रेमीहरुलाई त्यो अवसर नछुटाउन आग्रह गरेका छन् ।
लोपोन्मुख नेपाली बाजा र संगीतको संरक्षण तथा प्रवर्धनमा जुटेको नाइटले बेलायती समुदायमा समेत राम्रो प्रभाव पारिरहेको छ । बीबीसी रेडियो थ्रीले गत ८ अप्रिलमा ब्याण्डबारे एउटा विशेष कार्यक्रम नै बनाएर प्रसारण गरेको थियो ।
नाइट ब्याण्ड स्वदेश मात्र होइन, विदेशमा भएका विश्व संगीत महोत्सवमा समेत सहभागी भइसकेको छ । उसले उज्बेकिस्तानमा आयोजित सार्क टारोनलरी महोत्सव र गत वर्ष अगष्टमा बेलायतमै साम्बला महोत्सवको मुख्य स्टेजमा आफ्नो कला प्रस्तुत गरेको थियो ।
उक्त ब्याण्डले नेपालको ग्रामीण भेग पुगेर त्यहांको परम्परागत बाजालाई आधुनिक संगीतसंग फ्युजन गरेर प्रस्तुत गर्ने गर्छ । उसको पहिलो एल्बम ‘अनि उकालीसंगै आरोली…’ ले ग्रामीण क्षेत्रमा बस्ने नेपालीहरुको वास्तविकता उजागर गरेकाले व्यापक चर्चा बटुलेको थियो ।
सर्लाही-४ मा रास्वपाका सिंहसँग कांग्रेस सभापति थापा पराजित
एमाले अध्यक्ष केपी ओलीलाई हराउँदै झापा–५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
‘मिलारेपा’ नाटकका निर्देशक बुद्धि तामाङ लन्डन आइपुगे
नेपालमा प्रतिनिधिसभा निर्वाचन : पाँच स्थानमा महिला उम्मेदवार विजयी
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, वार्तामा फर्किन बेलायतका प्रधानमन्त्रीलगायतको आग्रह
मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन एनआरएनएको आग्रह
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
इरान आक्रमणप्रति चीनको असहमति