
लन्डन । नयां वर्ष २०७३ लाई स्वागत गर्दै गायक गायिका हिमाल सागर र अन्जु पन्तले जीवनलाई नयां मोडमा लैजाने प्रण गरेका छन् । हिमालले अन्जु पन्तलाई जिन्दगीको प्राप्ति मानेका छन् भने अन्जुले पनि हिमालसंग आफ्नो जिन्दगी सफल हुने घोषणा गरेकी छन् । तर, वास्तविक जीवनमा होइन नृपेश उप्रेतीको गीतमा ।
गीतकार नृपेश उप्रेतीको आहान अर्को खुशी एल्बमको प्रेमिल भावले ओतप्रोत यस गीतमा संगीतकार अर्जुन पोखरेलले प्रेमका सम्पूर्ण सांगीतिक रसहरु घोलेर कर्णप्रिय बनाएका छन् । अनि गीतले व्यक्त गरेको प्रेमिल भावलाई पर्दामा उतारेका छन् अहिलेका चर्चित म्यूजिक भिडियो निर्देशक दिपेन्द्र केसीले ।
जिन्दगीको प्राप्ति तिमी… बोलको उक्त गीतको भिडियोमा अहिलेका चर्चित नायक अनुप बिक्रम शाही शरला थापासंग रोमान्समा लिप्त भेटिन्छन् । यो म्यूजिक भिडियोमा प्रस्तुति र लोकेशनलाई विशेष ध्यान दिइएको निर्देशक केसी बताउंछन् ।
पहिलो पटक हिमालले अन्जु पन्तसंग युगल गीत गाएको बताउंदै गीत निकै राम्रो बनेको बताए । त्यसैगरि अन्जु पनि २०७३ का लागि आफूले आशा गरेको गीत भएर श्रोताहरुले मनपराउनेमा विश्वस्त रहेको बताउंछिन् ।
भिडियो हेर्नुहोस्ः
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो