लण्डन । अभिनेत्री जोअना लुम्ले गोरखा भर्ती शुरु भएको २०१ वर्षगाँठको अवसरमा युकेको ननिटनमा पूर्व गोरखा सैनिकहरुले आयोजना गर्ने समारोहमा सहभागी हुने भएकी छिन् ।
ननिटनको स्थानीय समाचार पोर्टल ननिटन न्युजका अनुसार यही अप्रिल २४ तारिखमा ननिटनस्थित रिभर्सली पार्कमा आयोजना हुने विशेष समारोहमा अभिनेत्री लुम्ले उपस्थित हुने भएकी हुन् ।
सो पार्कमा गत वर्षमात्र सो क्षेत्रमा बसोबास गर्ने गोरखा र स्थानीय बासिन्दाको सहयोगमा गोरखाको स्मारक स्थापना गरिएको छ ।
कार्यक्रमको आयोजक ननिटनस्थित ब्रिटिश गोरखा भेटेरान्स एसोसिएसनका अध्यक्ष ओम गुरुङ एमबीईले आफूहरु आफ्नो शहरमा जोअना लुम्लेलाई स्वागत गर्न र गोरखाहरुले बेलायती राजमुकुटको सेवा गरेको २०१ वर्ष पुगेको खुशी साट्न आतुर रहेको बताए ।
अभिनेत्री लुम्लेका पिता मेजर जेम्स लुम्लेलाई भिसी विजेता स्वर्गीय तुलबहादुर पुनले लडाइँमा बचाएको बताइन्छ । सोही कारण अभिनेत्री लुम्लेको गोरखाहरुसित सहानुभूति रहेको र उनले सन् १९९७ भन्दा अघि सेवा निवृत्त भएका गोरखाहरुलाई बेलायतको आवासीय अधिकार दिलाउन सफल अभियान संचालन गरेकी थिइन् ।
“भिसी तुलबहादुर पुनकै रेजिमेण्टका थुप्रै गोरखाहरु यहाँ हुनुहुन्छ । पक्कै पनि उनीहरु जोअनासित कुरा गर्न पाउँदा हर्षित हुनेछन्” गुरुङले भने । उनले सबै गोरखाहरुलाई कार्यक्रममा सहभागी भइदिन पनि अनुरोध गरे ।
बिहान ११ बजे शुरु हुने सो कार्यक्रममा विभिन्न युद्धहरुमा वीरगति पाएका गोरखाहरुको सम्झनामा एक मिनेट मौनधारण पनि गरिने छ ।
ननिटन र वेडवर्थको गोरखासितको लामो सम्बन्ध छ । धेरै गोरखाहरुले सो क्षेत्रमा बसोबास गर्न रोज्नुले पनि यसको पुष्टि गर्दछ ।
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यद्वारा शपथ ग्रहण
‘म्यागासेसे’ विजेता महावीर पुनको संसद् यात्रा…
नेपाल निर्वाचन : मतपरिणाम सार्वजनिक हुनेक्रम अन्तिम चरणमा, रास्वपा पहिलो स्थानमा
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
इरान आक्रमणप्रति चीनको असहमति
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग