लण्डन । अभिनेत्री जोअना लुम्ले गोरखा भर्ती शुरु भएको २०१ वर्षगाँठको अवसरमा युकेको ननिटनमा पूर्व गोरखा सैनिकहरुले आयोजना गर्ने समारोहमा सहभागी हुने भएकी छिन् ।
ननिटनको स्थानीय समाचार पोर्टल ननिटन न्युजका अनुसार यही अप्रिल २४ तारिखमा ननिटनस्थित रिभर्सली पार्कमा आयोजना हुने विशेष समारोहमा अभिनेत्री लुम्ले उपस्थित हुने भएकी हुन् ।
सो पार्कमा गत वर्षमात्र सो क्षेत्रमा बसोबास गर्ने गोरखा र स्थानीय बासिन्दाको सहयोगमा गोरखाको स्मारक स्थापना गरिएको छ ।
कार्यक्रमको आयोजक ननिटनस्थित ब्रिटिश गोरखा भेटेरान्स एसोसिएसनका अध्यक्ष ओम गुरुङ एमबीईले आफूहरु आफ्नो शहरमा जोअना लुम्लेलाई स्वागत गर्न र गोरखाहरुले बेलायती राजमुकुटको सेवा गरेको २०१ वर्ष पुगेको खुशी साट्न आतुर रहेको बताए ।
अभिनेत्री लुम्लेका पिता मेजर जेम्स लुम्लेलाई भिसी विजेता स्वर्गीय तुलबहादुर पुनले लडाइँमा बचाएको बताइन्छ । सोही कारण अभिनेत्री लुम्लेको गोरखाहरुसित सहानुभूति रहेको र उनले सन् १९९७ भन्दा अघि सेवा निवृत्त भएका गोरखाहरुलाई बेलायतको आवासीय अधिकार दिलाउन सफल अभियान संचालन गरेकी थिइन् ।
“भिसी तुलबहादुर पुनकै रेजिमेण्टका थुप्रै गोरखाहरु यहाँ हुनुहुन्छ । पक्कै पनि उनीहरु जोअनासित कुरा गर्न पाउँदा हर्षित हुनेछन्” गुरुङले भने । उनले सबै गोरखाहरुलाई कार्यक्रममा सहभागी भइदिन पनि अनुरोध गरे ।
बिहान ११ बजे शुरु हुने सो कार्यक्रममा विभिन्न युद्धहरुमा वीरगति पाएका गोरखाहरुको सम्झनामा एक मिनेट मौनधारण पनि गरिने छ ।
ननिटन र वेडवर्थको गोरखासितको लामो सम्बन्ध छ । धेरै गोरखाहरुले सो क्षेत्रमा बसोबास गर्न रोज्नुले पनि यसको पुष्टि गर्दछ ।
बेलायत–नेपाल सिधा हवाई उडानको सम्भाव्यता अध्ययन गर्न एनआरएनए यूकेको माग
अक्टुबर १७ मा बेलायतको रेडिङमा दसैं तथा तिहार विशेष कार्यक्रम आयोजना गरिने
बेलायतको बेरोजगारी चार वर्ष यताकै उच्च : तथ्यांक
बिनाआधार एनआरएनएको पूर्ण कमिटी एकतामा जाँदैन : उपाध्यक्ष विश्वास दीप तिगेला [अन्तर्वार्ता]
हमासको कब्जामा रहेका कञ्चनपुरका विपीन जोशी जीवित नरहेको पुष्टि
नेपालमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सर्वदलीय बैठक : लोकतन्त्र र संविधान रक्षाका लागि निर्वाचनमा जान राष्ट्रपतिको आग्रह
एनआरएनए साहित्य सङ्गोष्ठी भब्यतापूर्वक सम्पन्न
फिलिपिन्समा ७.६ म्याग्निच्युडको भूकम्प, उद्धार र राहत कार्य तीव्र गतिमा
बेलायती प्रधानमन्त्री स्टार्मर – भारतीय समकक्षी मोदी भेट : दुई देशबीको सम्बन्धमा ‘नयाँ ऊर्जा’