लन्डन । कान्तिपुरका बेलायतस्थित संवाददाता, वी नेपालीका प्रधान सम्पादक एवं नेपाल पत्रकार महासंघ बेलायतका संस्थापक अध्यक्ष नवीन पोखरेल साहित्य पुरस्कारबाट सम्मानित भएका छन् । बेलायतको जेष्ठ साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् यूकेले सोमबार सांझ लन्डनमा आयोजित २७ औं साहित्य सन्ध्याबीच ‘नेपाली साहित्य सिल्भर मेडल’ प्रदान गरेको हो । प्रमुख अतिथी कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीले पोखरेललाई २० हजार रुपैयां राशीको उक्त रजत पदक र सम्मानपत्र हस्तान्तरण गरेका थिए ।
बेलायतमा रहेर करिब एक दशकदेखि पत्रकारिताको माध्यमबाट नेपाली भाषा साहित्यको अभिवृद्धि गरेवापत पदक प्रदान गरिएको परिषदले जनाएको छ । सिल्भर पदक कवि कोमल प्रसाद श्रेष्ठ मल्ल र श्रीमती कोहिनुर श्रेष्ठ मल्लले सन् २०११ मा आफ्ना बाबु आमाको स्मृतिमा स्थापना गरेका हुन् ।
परिषदले चार दशक भन्दा बढि समयदेखि दर्जनौं कृति प्रकाशन गरि नेपाली साहित्यमा अनवरत लागेका कवि गोपाल पराजुलीलाई भने नेपालमै एक कार्यक्रमबीच ‘स्वर्ण पदक’ प्रदान गर्ने भएको छ । स्वर्ण पदकको सट्टा नगद लिन चाहे एक लाख रुपैयां दिइने परिषदले जनाएको छ ।
कार्यक्रममा परिषदले यती पूर्व अध्यक्ष कवि हरिविभोर कार्की तथा श्रीमती मीरा कार्की, यती पूर्व उपाध्यक्ष तथा कोसेली संस्थापक अध्यक्ष वरिष्ठ कलाकार मदन थापा एवं श्रीमती संगीता थापा साथै परिषदका उपाध्यक्ष एवं साहित्यकार वाचस्पति रेग्मी र श्रीमती गंगा रेग्मी गरी तीन जोडीलाई विशिष्ठ सम्मान स्वरुप प्रमाणपत्र प्रदान गरेको छ ।
शुभकामना मन्तव्यका क्रममा कार्यवहाक राजदूत तेजबहादुर क्षेत्री र परिषदका वरिष्ठ सल्लाहकार डा. राघवप्रसाद धिताल (ओबिइ) ले ०७२ पीडादायी वर्षका रुपमा बिते पनि आगामी वर्षले नयां उमंग ल्याउने विश्वास व्यक्त गरे ।
परिषदका संस्थापक तथा अध्यक्ष सुरेशजंग शाहको अध्यक्षतामा भएको साहित्य सन्ध्यामा दर्जन बढि कवि कवयित्रीहरुले नयां वर्षमा केन्द्रित कविता वाचन गरेका थिए ।
महासचिव डा. सुधा श्रेष्ठले सञ्चालन गरेको उक्त सन्ध्यामा परिषदका सह अध्यक्षहरु ध्रुव केसी र कोमल प्रसाद श्रेष्ठ मल्ल, पूर्व अध्यक्ष खगेन्द्र नेपाली, यती अध्यक्ष उमेशराज मोक्तान लगायतले शुभकामना मन्तव्य दिए भने उपाध्यक्ष रेशम अर्यालले स्वागत मन्तव्य र सदस्य केशव पुडासैनीले धन्यवाद ज्ञापन गरे ।
कार्यक्रममा रिता गौतमले आकर्षक नृत्य प्रस्तुत गरेकी थिइन् ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो