लण्डन । नेपलिज डक्टर्स एसोसिएसन युकेले भुकम्पका कारण स्वास्थ्यसेवा तहसनहस भएको दोलखा जिल्लामा स्वास्थ्य सेवा पुनः संचालनमा सघाउन युकेमा च्यारिटी डिनर गर्ने भएको छ ।
मे १ तारिखका दिन साँझ ६ बजे अल्डरसटस्थित एम्पाएर बाङक्वेटिङ हलमा सो च्यारिटी डिनरको आयोजना गरिएको छ । सो च्यारिटीका लागि टिकर दर ३५ पाउण्ड तोकिएको छ । १८ वर्षमुनीका विद्यार्थीहरुका लागि टिकटको मूल्य २५ पाउण्ड राखिएको छ ।
एसोसिएनले अन्तिम समयमा टिकटका लागि दौडधूप गर्नुभन्दा समयमै टिकट लिइ ढुक्क हुन सम्बन्धित सबैमा अनुरोध गरेको छ । टिकट शुल्क बैँक वा चेकमार्फत भुक्तानी गर्न सकिने जनाइएको छ । बैँकमार्फत भुक्तानीका लागि NDA, NatWest Bank: sort code 600519, AC no: 19654162 तोकिएको छ भने चेक पठाउन चाहनेहरुका एनडीए युकेको नाममा चेक तयार गरी Dr Sachin Gurung, Flat 28, Caraway Heights, 240 Poplar High Street, London, E14 0BG मा पठाउन सकिने छ ।
एसोसिएनका अध्यक्ष डा. बिना थेबेका अनुसार दोलखा जिल्लामा भुकम्पका कारण ८५ प्रतिशत स्वास्थ्य सेवा ध्वस्त भएकाले सो सेवा पुनः संचालनका लागि कार्यरत पोसिवल नेपाल नामक संस्थालाई च्यारिटीबाट संकलित रकम हस्तान्तरण गरिने छ ।
दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित
साउथ ईष्ट लन्डनमा ‘मिलारेपा’ मञ्चन हुँदै, निर्देशक बुद्धि तामाङ उपस्थित हुने
अमेरिकासँग तत्काल वार्ताको सम्भावना नभएको इरानी कुटनीतिज्ञको भनाइ
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
एनआरएनए निर्वाचनमा सहमतिमै नेतृत्व चयन गर्ने प्रयास
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
नेपालमा प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फ एक करोड तीन लाख मतगणना सकियो
नेपालमा प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै नतिजा सार्वजनिक, कुन दलका उम्मेदवारले कहाँ जिते ? [नामावली]