
लन्डन । गोर्खा अनलाइन रेडियोले गत अप्रिल ९ तारिख शनिबार लन्डनस्थित फेल्थाम कम्युनिटी कलेज हलमा नयां वर्ष शुभकामना सांझ २०७३ आयोजना गरेको छ ।
बेलायतका लागि नेपाली कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । बेलायतमा गरिने नेपाली कार्यक्रमहरुमा सबैभन्दा छोटो मन्तब्य राखेर कार्यक्रम सञ्चालन गरिएको सम्भवतः यो नै पहिलो रहेको दावी आयोजकको छ ।
कार्यक्रममा अतिथिका रुपमा श्रीमती रिता क्षेत्री, एनआरएनए संस्थापक सचिव तथा नेपाल ब्रिटेन डट कमका अध्यक्ष चिरन्जिवी ढकाल, एनआरएनए युरोप संयोजक कुल आचार्य लगायतको उपस्थिति थियो ।
सांझ ७ बजे शुरु भएको औपचारिक कार्यक्रम उद्घाटन कार्यवहाक राजदूत क्षेत्रीसहित अन्य अतिथिहरुद्वारा दीप प्रज्वलन गरी शुभारम्भ भएको थियो । गोर्खा अनलाइन रेडियोका सञ्चालक नरेन्द्र बस्नेतद्वारा सञ्चालन गरिएको पहिलो चरणको कार्यक्रममा नेपाल तथा बेलायतका राष्ट्रिय गीत बजाइएको थियो ।
मन्तव्यका क्रममा प्रमुख अतिथि कार्यवहाक राजदूत क्षेत्रीले शुभकामना दिंदै नयां वर्ष वि.स. २०७३ प्रेरणादायी बनोस् भन्ने कामना गरे । उनले गत वर्ष भूकम्पले पुरयाएको क्षतिलाई यस वर्षले पूर्णता दिनेछ भन्ने आशा पनि व्यक्त गरे ।
कार्यक्रममा अतिथिहरु चिरन्जिवी ढकाल र कुल आचार्यले शुभकामना मन्तव्य दिंदै यस्ता कार्यक्रमबाट भावी पुस्ताहरुलाई आफ्नो कला संस्कृति र परम्परालाई निरन्तरता दिन प्रेरणा मिल्नुका साथै नेपाली संस्कृतिको पनि जगेर्ना हुने बताए । उनीहरुले मिडियाद्वारा गरिएको यस किसिमको कार्यक्रमको प्रशंसा पनि गरेका थिए ।
कार्यक्रममा स्थानीय कलाकारहरु सुजन पराजुली, दिव्यानी शर्मा, विजय घिमिरे र कपिल गौतमले सुमधुर गीत प्रस्तुत गरेर मनोरन्जन दिलाएका थिए भने डिजे चांद लामाको डिजेइंगमा सहभागी अबेरसम्म नाचे ।
दोस्रो चरणको कार्यक्रम सञ्चालन सुजन पराजुलीले गरेका थिए । कार्यक्रममा प्रसुना कंडेल, दीपा गिरी थापा, रश्मी गौतमले नृत्य प्रस्तुत गरेका थिए भने युक्ती बिमलीले चौबन्दीमा पटुकी बोलको गीत गएर मन्त्रमुग्ध पारेकी थिइन् । त्यस्तै बच्चाहरुको तर्फबाट बेन्सन बस्नेत र टिया आचार्यले रेशम फिलिली… गीतमा नृत्य प्रस्तुत गरे । सुजन पराजुली र दिव्यानी शर्माले आधा बाटो हिंडेपछि तिमीसंग भेट भयो… बोलको गीत गएर मनोरन्जन दिलाए ।
एकसय पचासभन्दा बढि सहभागी उक्त शुभकामना सांझमा पत्रकारहरुसहित व्यवसायी तथा सामाजिक अगुवाहरुको उत्साहजनक उपस्थिति थियो ।
कार्यक्रममा गीत संगीतसहित लक्की ड्रको पनि व्यवस्था गरिएको थियो । उक्त लक्की ड्रका लागि रारा क्याटरर्स, फोर व्हिलर्स लिमिटेड हन्स्लो, गोर्खा स्टोर्स फेल्थम, ब्लू अर्किड रेस्टुरेन्ट नर्थहल्ट, द हेयरपोर्ट हेयर एण्ड ब्यूटी सैलुन, खुकुरी बियर, गोर्खा दरवार फेल्थाम, काठमाडौं जोन रेस्टुरेन्ट हन्स्लोले पुरस्कार प्रायोजन गरेका थिए ।
कार्यक्रममा गोर्खा रेडियोले कार्यबहाक राजदूत क्षेत्रीको योगदानको कदर गर्दै उनलाई मायाको चिनो प्रदान गरेको थियो भने कलाकारहरुलाई गोर्खा रेडियोको तर्फबाट क्षेत्रीले प्रशंसापत्र प्रदान गरे । उक्त अवसरमा प्रकाश केसीले स्टुडियोको सम्पूर्ण व्यवस्थापन गरेका थिए ।
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण, २८ जनाको मृत्यु
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
क्यानाडामा गोलीकाण्ड, ९ जनाको मृत्यु
युक्रेनलाई बेलायतको हवाई रक्षा सहयोग
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय