अधिक चिनी स्वास्थ्यका लागि घातक

लेखक आचार्य

लेखक आचार्य

हालसालै बेलायती सरकारले बढ्दो मोटोपन कम गर्न सन् २०१८ देखि लागु हुने गरी चिनी करको घोषणा गरेको छ । मोटोपन यहि रुपमा वृद्धि हुदै गएमा बेलायती स्वास्थ सेवा नै टाट पल्टने कुराको चेतावनी विज्ञहरुले यसभन्दा पहिले नै  दिएका छन् । यस चिनी करबाट बेलायतमा बार्षिक करिब पचास करोड पाउण्ड राजस्व उठ्ने अनुमान गरिएको छ । जुन रकम स्कुलको खेलकुदमा खर्च गरी बच्चाहरुको क्रियाशीलतालाई अरु बढाउने योजना गरिएको छ । जसले गर्दा बाल मोटोपन कम गर्ने लक्ष्य राखिएको छ ।

चिनी ट्याक्स लगाउने देश मेक्सिकोमा यसपछि चिनियुक्त पेयको उपभोग १२ प्रतिशत कम हुनुको साथै पेय तथा अन्य खाना बनाउदा पनि चिनीको कम प्रयोग गरिएको एक तथ्यांकले जनाएको छ । यसको सिधा असर त्यहाँको मानिसको स्वास्थ्यसंग जोडिएको छ ।

एक ३३० मिलिलिटरको क्यान कोलामा करिब ३५ ग्राम चिनी (७ टेबल चम्चा ) हुन्छ भने एउटा मार्सबार चकलेटमा ३३ ग्राम चिनी हुन्छ । यी दुवै महिलाले एक दिनमा खान सुझाब दिइएको चिनी भन्दा बढी छ । एक पुरुषलाई एक दिनमा ३७.५ ग्राम (९ टेबल चम्चा ) र महिलालाई २५ ग्राम (६ टेबल चम्चा) भन्दा बढी नखानु भन्ने विज्ञहरुको सुझाब छ । चाहिने भन्दा बढी चिनी खानु स्वास्थ्यकर खानाको लागि उपयुक्त नभएको कुरा अनेक अनुसन्धानले प्रमाणित गरेको छ ।

नुन र उच्च रक्तचाप संगसंगै  चिनी मौन घातकको रुपमा आएको छ । सन् २००८ मा गरिएको एक अध्ययनमा बढी फ्राकटोज (फलफुल /बनस्पति बाट पाइने गुलियो जुन पचाउदा सिधा रक्तकोशिकामा जान्छ) खानाले लेप्टिन प्रतिरोधको अवस्था संग जोडिएको छ । लेप्टिन भनेको एउटा हार्मोन हो जसले खाना खादामा पुगेको सङ्केत दिन्छ । हाम्रो समस्या चाहि दिमागले पुग्यो भनेर दिएको सूचनालाई बेवास्ता गर्छौ । धेरै बेवास्ता भएपछि कोहि व्यक्तिहरुमा लेप्टिनले कार्य गर्न चाहदैन । त्यसोभए पछि शरीरलाई खाना पुगेको भन्ने संकेतको कार्य नभएपछि सधै धेरै खानुपर्ने भयो । जसले मोटोपन धेरै बढाउने भयो । यस्तो मोटोपन बढ्नु कुनै लक्षणहरु या चेतावनीको घन्टी नै बज्छ । यदि चाडै नै धेरै वजन बढ्छ भने सायद फ्राकटोजले कति भन्ने लेखाजोखा गर्नु उपयुक्त हुन्छ खाइएको छ ।

चिनीले खासगरी ठूलो भुँडी बढाउने कार्य गर्छ भन्ने तथ्य सहि हो । बाल अति मोटोपन दोब्बर किशोरको र अति मोटोपनको दर गत तीस बर्षमा तिनगुणा भएको छ । खासमा पार्क, स्कुल आदिमा बच्चाहरु देखेर मोटोपनको अनुमान गर्न सकिन्छ । यी सबै मोटोपनमा देखिने चाहि बढी ठूलो भुँडी हो । यसको मुख्य कारण फ्राकटोज बढी भएको खानाले गर्दा हो । फ्राकटोज भनेको खाना तथा फलफुलमा पाइने एक किसिमको चिनी हो । सन् २०१० मा गरिएको एक अध्ययनले ग्लुकोज नभई बढी फ्राकटोज भएको खानाले भिसरिएयल फ्याटमा हुने कोषलाई परिपक्क बनाउने कारण बन्छ, जसले ठूलो भुँडीलाई अरु बढाउंछ । ठूलो भुँडीले मुटुरोग, बाथ, उच्च रक्तचाप, क्यान्सर र मधुमेहको जोखिम बढाउंछ  ।

अमेरिकी मुटु संघले सन् २०१३मा गरेको अध्ययन अनुसार चिनीले रगत पम्प गर्ने मुटुको क्षमतालाई प्रभाव पार्न सक्ने प्रमाण देखाएको छ । राम्रो संग रगत मुटुले पम्प नगरे हार्ट फेलिएरको जोखिम प्रबल रुपले बढ्छ । उक्त अध्ययनले चिनी तथा स्ट्राचमा हुने मोलिक्युल जसलाई ग्लुकोज मेटाबोलाइट ६-फोस्फेट भनिन्छ, जसले मुटुको मांसपेशीमा हुने प्रोटिनलाई बदल्ने कार्यको जिम्मेवारी लिन्छ । यस बदल्ने क्रियाले हार्ट फेलियरको कारक बन्न सक्छ । हार्ट फेलिएर भएका करिब आधि बिरामीहरू पांच बर्ष भित्र मर्न सक्ने तथ्यांक छ ।
चिनी क्यान्सर पनि जोडिएको छ । पोषणको क्षेत्रमा चिनीको कुरा गर्दा इन्सुलिनलाइ अलग राख्न गाह्रो पर्छ । यो किनभने इन्सुलिन कोषहरुमा  चिनीको सानो हेरचाह गर्छ । धेरै खाइयो या हाम्रो इन्सुलिनले कार्य गरेन भने शरीरले बिद्रोह गर्छ । इन्सुलिन प्रतिरोध र क्यान्सरसंग जोडिएको धेरै अध्ययनले जनाइसकेको छ ।

चिनीले आन्द्रामा हुने हार्मोन जी आइ पी (GIP) लाइ चिनीले बढाउने काम गर्छ । जी आइ पी लाइ  β- केटनीन भन्ने प्रोटिनले  नियन्त्रण गर्छ जुन पुरै चिनीको लेबल संग भर पर्छ । यस्तो भएपछि प्यानक्रियाजले  इन्सुलिन बढी निकाल्छ । अनुसन्धानले देखाएको छ कि β- केटनीनले कोषको क्यान्सर हुने प्रबलतालाई बढाउन सक्छ । अरु अध्ययनले धेरै चिनी र स्ट्राचले स्तन र नितम्ब क्यान्सरको सम्बन्ध भने नकारात्मक देखाएको छ ।

हालै ५७९ जनामा गर्रिएको अध्ययनमा जसमा घ्रेलिन हार्मोन परिबर्तन हुने व्यक्तिमा बढी चिनी खाने देखिएको छ । घ्रेलिन भन्ने हार्मोनले दिगागलाई भोक लागेको बारे भन्छ । घ्रेलिन बन्सानुगत संग पनि जोडिएको छ । चिनी र मदिरा दुवैको कलेजोलाई टक्सिक गर्ने असर उस्तै हो । चिनीले मदिराले बढाएको रोगलाई अरु बढी जोखिम बढाउने काम गर्छ ।

चिनीले दिमागको पावरलाइ कम गर्न सक्छ । सन् २००९ मा गरिएको अध्ययनले ग्लुकोज खादा कोषहरुको बुढो हुने बिच सकारात्मक सम्बन्ध रहेको पाइएको छ । कोष बुढो हुदै जादा चाउरी पर्ने देखि अरु खतरनाक रोगको कारक बन्न पनि सक्छ । तर, डरलाग्दो के छ भने बढी चिनी खानाले दिमाग चाडै बुढो हुने प्रमाण देखिएको छ । जसले गर्दा स्मरण शक्ति कम हुनुको साथै अन्य रोगको शिकार बन्ने प्रबल जोखिम बढ्छ । यसको अलावा दातमा किरा लाग्नु लगायत अनेक स्वास्थ्यका जोखिमहरू बढी चिनीको उपभोगबाट हुन सक्छ ।

धेरै खानामा चिनी लुकाइएको हुन्छ । त्यसैले कुन खानामा कति चिनी छ, जानकारी राख्नु पर्छ । आफुले खाने चिनीको लेखाजोखा राखेर यसको अधिक सेवनलाई कम गर्न सकिन्छ । अत्याधिक चिनीको सेवनले आयु कम हुन्छ । सन् २०१३ मा गरिएको अन्दाजमा संसारमा एक लाख असी हजार मानिस हरेक बर्ष अकालमा मर्ने कारण बढी चिनी खानाले भनेर जनाएको छ ।

चिनीले मोटोपनको वृद्धि गराएको छ । चिनीले प्रसस्त उर्जा दिन्छ तर यसले पेट भरिएको संकेत फाइबर युक्त खाना, प्रोटिनले जस्तो दिदैन । यो महत्वपूर्ण हो कि दुधबाट आउने चिनी ल्याक्टोज र फलफुलबाट आउने चिनी र फाइबरले शरीरलाई फाइदा गर्छ । यो खाने ठिक्कको परिणामको हुनुपर्छ ।

त्यसकारण माथि चर्चा गरिएको बढी  चिनी उपभोगलाई कम गरि यसबाट हुने रोगको जोखिमलाई कम गर्ने पहलको शुरुवात गर्नु नै बान्छनीय हुन्छ । यसको शुरुवात जस्तै चियामा चिनी कम गर्ने, चकलेट, मिठाइ कहिलेकाही ठिकको परिणाममा मात्र खाने, फिजी पेयलाइ लगाम लगाउने आदि गर्नाले मोटोपन लगायत माथि उल्लेख गरिएको रोगको जोखिम कम गर्न सकिन्छ । एउटा सानो जीवनशैली परिवर्तनले समयमा ठूलो स्वास्थ्य लाभ हुन सक्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री