
लन्डन । क्वोंने (घोताने/घोन्डे) गुरुङ (तमु) समाज यूकेका चेलीबेटीहरूको आयोजनामा चौथो वार्षिक भाइटिका तथा देउसो भैलो कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार १८ अक्टोबरका दिन अल्डरसटस्थित द प्यालेस रेस्टुरेन्टमा भाइटीका तथा देउसी-भैलो कार्यक्रम भव्य रूपमा सम्पन्न हो। कार्यक्रममा दाजुभाइलाई भाइटीका, भाइमसला, टोपीसहितका उपाहार दिदीबहिनीहरुले दिएका थिए । भाउजु, बुहारीहरूलाई माला पछ्यौरी दिइएको थियो ।
दिदीबहिनीहरुलाई दाजुभाइहरुले दक्षिणा दिएका थिए । दिदीबहिनीहरुले सामूहिक देउसी-भैलोसमेत खेलेका थिए ।
कार्यक्रममा यूकेका सफल व्यवसायी तथा धेरै नेपाली दाजुभाइबहिनीहरूलाई रोजगारीका अवसर प्रदान गर्ने क्वोंने (घोताने/घोन्डे) गुरुङ (तमु) समाजका सदस्य योगेन क्षेत्रीलाई सम्मान गरिएको थियो ।



















तस्बिरहरु : सन्तोष घोताने गुरुङ
काठमाडौंकी साम्राज्ञी मोक्तान बन्नुभयो १८ औं मिस तामाङ
गीतकार एवं कवि अधिकारीसहित सात स्रष्टालाई अमेरिकामा सम्मान गरिँदै
कङ्गोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु
बेलायती प्रधानमन्त्रीको चीन भ्रमण उपलब्धिमूलक : प्रवक्ता
बेलायत – भारत शैक्षिक सम्बन्धलाई सुदृढ पार्न भारतमा नौ वटा ब्रिटिस विश्वविद्यालय स्थापना गरिदै