
लन्डन । बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेलाई सरकारले फिर्ता बोलाएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले राजनीतिक नियुक्त भएका घिमिरेसहितका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो । सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बेलायत, चीन, जर्मनी, इजरायल, कतार, मलेसिया, रुस, साउदी अरब, स्पेन, अमेरिका र जापानका राजदूत फिर्ता बोलाउने निर्णय भएको जानकारी दिनुभयो ।
राजदूत घिमिरे २०८१ माघ ४ गते (१७ जनवरी २०२५) कार्यभार सम्हालन बेलायत आउनुभएको थियो । नेपाल सरकारका पूर्वसचिवसमेत रहेका घिमिरे २०८१ मंसिर २ गते (१७ नोभेमबर २०२४) मा राजदूतमा नियुक्त हुनुभएको थियो । फिर्ता बोलाइएका राजदूतहरुलाई कात्तिक २० भित्र नेपाल फर्कन भनिएको छ ।
फिर्ता बोलाएका राजदूतहरूमा कृष्णप्रसाद ओली (चीन), शैल रुपाखेती (जर्मनी), धनप्रसाद पण्डित (इजरायल), नेत्रप्रसाद तिमिल्सिना (मलेसिया), रमेशचन्द्र पौडेल (कतार), जंगबहादुर चौहान (रूस), नरेश विक्रम ढकाल (साउदी अरब), सनिल नेपाल (स्पेन), चन्द्रकुमार घिमिरे (बेलायत), लोकदर्शन रेग्मी (अमेरिका) र दुर्गाबहादुर सुवेदी (जापान) रहनुभएको छ ।
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
कङ्गोमा इबोला प्रकोपः दर्जनौंको मृत्यु, विश्व स्वास्थ्य सङ्गठनद्वारा आपतकाल घोषणा
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा