
लन्डन । नेपाली कीर्तिमानी आरोही तथा पूर्वगोर्खा सैनिक हरि बुढामगरले कृत्रिम खुट्टाको सहायताले विश्वका छैटौं शिखर कार्स्टेन्स पिरामिड (पुन्काक जया)को सफल आरोहण गर्नुभएको छ ।
अक्टोबर १८ तारिख बिहान ७ बजे ओसिनियाको सबैभन्दा अग्लो यो शिखरमा पुगेर उहाँले कृत्रिम खुट्टाको सहायताले यो हिमाल चढ्ने पहिलो व्यक्तिको कीर्तिमान बनाउनुभएको हो । सेभेन समिट अभियानअन्तर्गत विश्वका सातै महाद्वीपका अग्ला शिखर चढ्ने उहाँको यात्रामा यो छैटौं सफलता मिलेको हो । उहाँले कार्स्टेन्स पिरामिड सात शिखरमध्ये सबैभन्दा प्राविधिक रूपमा चुनौतीपूर्ण रहेको बताउनुभएको छ ।
उहाँको यो सफल आरोहणमा नेपालका मिङ्मा फोर्त्से, अविरललगायत स्थानीय गाइडहरूले सहयोग गरेका थिए। सेभेन समिट ट्रेक्स, फोर्टीन् पिक्स एक्स्पिडिशन र ट्रपिक एडभेन्चर पपुआ जस्ता संस्थाहरूले लजिस्टिक सहयोग पुर्याएका थिए।
बुढामगरले हालसम्म मोन्ट ब्लांक (४,८१० मि.), माउन्ट किलिमन्जारो (५,८९५ मि.), माउन्ट एभरेस्ट (८,८४९ मि.), डेनाली (६,१९० मि.), एकोनकागुवा (६,९६१ मि.) र कार्स्टेन्स पिरामिड (४,८८४ मि.) को आरोहण गरिसक्नुभएको छ ।
अब उहाँ आफ्नो अन्तिम लक्ष्य अण्टार्कटिकाको माउन्ट भिन्सन (४,८९२ मि.) आरोहणका लागि आगामी डिसेम्बरमा प्रस्थान गर्दै हुनुहुन्छ ।
सन् २०१० मा अफगानिस्तान युद्धमा दुवै खुट्टा गुमाएका बुढामगरले कृत्रिम खुट्टाको सहायताले आफ्नो साहसिक यात्रालाई निरन्तरता दिँदै आउनुभएको छ ।
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा