
नेपाली काँग्रेस संसदीय दलको नेताका लागि संसदीय दलको कार्यालय सिंहदरबारमा बुधबार मतदानमा सहभागी हुँदै काँग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, २४ चैत । संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित हुनुभएको छ ।
देउवाले १३९ मत प्राप्त गर्नुभएको थियो भने उहाँका प्रतिस्पर्धी वरिष्ठ नेता रामचन्द्र पौडेलले ६७ मत प्राप्त गर्नुभएको निर्वाचन समितिका संयोजक रमेश रिजालले राससलाई जानकारी दिनुभयो ।
काँग्रेसका २०७ सांसद्मध्ये २०६ जनाले मतदान गर्नुभएको थियो ।
केन्द्रीय सदस्य एवम् सांसद् नरहरि आचार्य बिरामी हुनुभएकाले मतदान गर्न आउन सक्नुभएन । घरमा लडेर घाइते हुनुभएका अर्का नेता डा रामशरण महतले भने इच्छाइएका स्वकीय सचिव रमेश महतमार्फत मतदान गर्नुभएको समिति सदस्य गुरुराज घिमिरेले जानकारी दिनुभयो ।
विद्युतीय मतदान यन्त्रबाट मतदान गरिएकाले छिट्टै परिणाम प्राप्त भएको हो ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग