लण्डन । नेपाली व्यवसायीहरुको संयुक्त लगानीमा स्थापित स्टेट एजेन्ट ग्रीनीच रियल स्टेटले आजबाट औपचारिक कारोबार शुरु गरेको छ ।
साउथ इस्ट लण्डनको प्लमस्टिडमा कार्यालय रहेकाे रियल स्टेटको आज औपचारिक उद्घाटन गरियो ।
युके तथा नेपालमा घर जग्गा किनबेच, मर्मत, भाडामा लिने दिने, घर खरिदका लागि मोर्गेज परामर्श दिने लगायतका सेवा ग्रीनीच रियल स्टेटले दिने डाइरेक्टर मोहन गुरुङले जानकारी दिए ।
पेन्सनर गोरखाहरुलाई घर भाडामा लिन र घरमा मर्मतसम्भार गर्नुपर्दा विभिन्न अड्चनहरु आइपरेको देखेर उनीहरुलाई समेत लक्षीत गरी सेवा दिइने उनले थपे ।
गुरुङका अनुसार अहिले ग्रीनीच रियल स्टेटले फोल्क्स्टोन र अल्डरसटमा आफ्नै घर खरिद गरिसकेको छ । ‘नेपाल तथा बेलायतमा जग्गा लिने, घर बनाउने, घर लिएर मर्मत सम्भार गर्ने, भाडामा लिने–दिने सेवा ग्रीनीच रियल स्टेटबाट दिने छौँ’ गुरुङले भने ।
उद्घाटन कार्यक्रमको संचालन सेविका जिसीले गरेकी थिइन् भने डाइरेक्टर प्रवीण गुरुङले कम्पनीका बारेमा जानकारी दिएका थिए ।
ग्रीनीच रियल स्टेटमा मोहन गुरुङ, एलएन पाण्डे, सफल शेरचन, दीपक श्रेष्ठ, ओम थापा, प्रवीण गुुरुङ र शंकरजंग गुरुङको लगानी रहेको छ ।
युकेका नेपालीहरु धेरैजसो नेपाली, मनी ट्रान्सफर व्यवसायमा संलग्न रहे पनि पछिल्लो समयमा अन्य क्षेत्रमा लगानी गर्दैछन् ।
यस्तो छ नेपालका प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो
नेपाल मगर महिला संघको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा चित्रकला छन्त्याल श्रीस मगर
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
भारतीय प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षमा निधन
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त