बुधबार, कार्तिक ५ २०७७ | Wed, October 21, 2020
नेपालको समय: ०८:१३ | UK Time: 03:28

कुंवरको नेतृत्वमा क्षेत्री समाज

वीनेपाली
२०७२ चैत २१ गते २१:२०

12948436_10209415179198330_1646801872_o

लन्डन । क्षेत्री समाज यूकेको अध्यक्षमा धन बहादुर कुंवर निर्विरोध भएका छन् । शनिवार सम्पन्न समाजको पांचौं अधिवेशनले कुंवर सहित २१ सदस्सीय कार्यसमिति चयन गरेको हो ।

कार्यसमितिको उपाध्यक्षमा रिटायर्ड क्याप्टेन टेकबहादुर जिसी, महासचिव राजन कुमार क्षेत्री, सहसचिव कुमार केसी, कोषाध्यक्षमा गोबिन्द महत, 
सहकोषाध्यक्ष सुश्री सेविका जिसी, महिला संयोजक श्रद्धा थापा, जनसम्पर्क सचिव दिलबहादुर जीसी, साँस्कृतिक सचिव श्रीमती सुनिता गौतम थापा र सञ्चार संयोजक नरेन्द्र बस्नेत चयन भए । त्यस्तै सदस्यहरुमा ललित कुमार न्यौपाने, कृष्ण थापा, श्रीमती माया केसी, चन्द्र कार्की, उत्तम खत्री, महेन्द्र किसी, मनिष खड्का, पदम बिर्ख रावल, श्रीमती प्रतिमा केसी, इन्द्र क्षेत्री र टोपबहादुर रावत निर्विरोध छानिए ।

12948443_10209415179118328_1324765506_o
सो साधारणसभामा समाजका अध्यक्ष प्रेम बहादुर खड्का, संरक्षक ध्रुव केसी, महासचिव टेक बहादुर जीसी, पूर्व अध्यक्ष भीम बानिया र रामशरण सिम्खडाले संस्थाको विगत गतिविधिबारे समीक्षा गर्दै भावी कार्यभारबारे मन्तव्य व्यक्त गरेका थिए ।

महासचिव टेक बहादुर जिसीले दुई वर्षे अवधिको सम्पूर्ण विवरणहरु प्रस्तुत गरेका थिए । समाजलाई अझ बढि गतिशील र प्रभावकारी बनाउंदै लैजाने वाचासहित पूरानो कार्यसमितिले नयां कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण गरेको थियो । नव निर्वाचित अध्यक्ष धन कुंवरले आगामी २ वर्षका लागि १० बुंदे आफ्नो प्रतिवद्धता सार्वजनिक गरेका छन् । रेडिङमा आयोजित उक्त अधिवेशनको उद्घाटन समाजका संरक्षक ध्रुव केसी र समाजकै अध्यक्ष प्रेम खड्काद्वारा संयुक्त रुपमा पानसमा बत्ति बालेर गरिएको थियो ।सन् २००७ मा स्थापित क्षेत्री समाज बेलायतले नेपाली समुदायमा उल्लेखनीय कार्य गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक