
ललितपुर, २० चैत । नेकपा (एमाले) का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्न खोज्ने बाह््य देशको भूमिका असह््य हुने बताउनुभएको छ ।
नेपाल उद्योग तथा व्यवसायी महासङ्घको दोस्रो वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै घरभित्रको समस्या घरकै सदस्यले गर्ने हो कुनै छिमेकीले होइन–उहाँले भन्नुभयो ।
उहाँले आफ्नो देशको संविधानको कार्यान्वयन कसरी गर्ने भन्ने सबैलाई राम्रो ज्ञान छ कसैले सिकाइराख्नु जरुरत छैन भन्नुभयो । लामो समयको प्रयासपछि नेपाली जनताले पाएको संविधान विश्कै उत्कृष्ट रहेको उल्लेख गर्दै उहाँले संविधान जारी भएको दिन युरोपियन युनियनले स्वागत गरेको तर हालै मात्र प्रेस विज्ञप्तिमार्फत त्यसको घुमाउरो विरोध गर्नु आश्चर्यजनक भएको बताउनुभयो ।
संविधानले नयाँ राजनीतिक पद्दति, नयाँ लोकतान्त्रिक गणतन्त्र अर्थतन्त्र, नयाँ सामाजिक पद्दति तथा नयाँ पुँजीवादलगायत महत्वपूर्ण विषयको परिकल्पना गरेको उहाँले बताउनुभयो । संविधानले परिकल्पना गरे अनुसार स्थानीय, प्रादेशिक र राष्ट्रियस्तरको निर्वाचन भएमा मात्र राजनीतिक पद्दतिको विकास हुने उहाँले औंँल्याउनुभयो ।
नेपाल दुई शक्तिराष्ट्रको बीचमा रहेकोले उनीहरुबाट लाभ लिनसक्ने खालको योजना बनाउनुपर्नेमा उहाँको जोड रहेको थियो ।
नेकपा (एमाले) का सचिव गोकर्ण विष्टले भूकम्प र नाकाबन्दीका कारण उद्योग व्यवसायीले चुनौतीहरु व्यहोर्नुपरेको उल्लेख गर्नुभयो । उहाँले देशको आर्थिक विकासका लागि व्यवसायीको महत्वपूर्ण योगदान हुने आँैंल्याउनुभयो ।
उहाँले संविधानको सफल कार्यान्वयनले मात्र आर्थिक क्षेत्रको विकास हुने बताउनुभयो । नेकपा (एमाले) का नेता मुकुन्द न्यौपानेले पार्टी निकट उद्योग व्यवसायीबाट पार्टी सञ्चालन गर्नसक्ने वातावरण निर्माण गरिनुपर्नेमा जोड दिनुभयो । उहाँले पार्टीभित्रको अस्वस्थ प्रवृतिलाई नेतृत्वले समाधान गरिनुपर्ने बताउनुभयो ।
महासङ्घका अध्यक्ष लक्ष्मीदास मानन्धरले उद्योग व्यवसायीको हितका लागि महासङ्घ क्रियाशील रहेको बताउनुभयो । उहाँले महासङ्घभित्र २४ वटा सङ्घ आवद्ध रहेको उल्लेख गर्नुभयो ।
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
एनआरएनका लागि नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा अलग्गै डेस्क राखिने