
काठमाडौँ, २० चैत । पूर्वसभामुख सुवास नेम्बाङले नेपालको संविधान विश्वकै समावेशी र उत्कृष्ट भएको बताउनुभएको छ ।
यहाँ आज थारु पत्रकार सङ्घको पाँचौँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले नेपालको संविधान विश्वमै उदाहरणीय बनेको बताउँदै संविधानसभाका सबै समिति समावेशी भएकाले समावेशी संविधानसभाले समावेशी संविधान बनाएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो– “विश्वमा ९० प्रतिशत जनता सहभागी भएर आफ्ना लागि संविधान बनाएको इतिहास कुनै मुलुकमा छैन, त्यो हामीले गरेर देखाएका हौँ ।”
नयाँ संविधानमा कसैको चित्त नबुझेको भए त्यसलाई शान्तिपूर्ण छलफल गरी टुङ्गोमा पुग्न सकिने भएकाले आन्दोलनरत समूहलाई छलफलमा आउन एमाले संसदीय दलका उपनेता नेम्बाङले आग्रह गर्नुभयो ।
लामो छलफल र समय लगाएर नेपालीले आफ्ना लागि आफैँ बनाएको संविधानले सबै जातजाति ,वर्ग, समुदाय, पिछडा वर्ग र लैङ्गिक समावेशिताले पूर्ण संविधान बनेकाले सबैको ध्यान यसको कार्यान्वयनमा हुनुपर्ने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो– “संविधान राम्रो बनेको छ, चित्त नबुझेका कुरामा छलफल गरी संशोधन गर्न सकिन्छ त्यसैले अबको चुनौती भनेको कार्यान्वयन हो, यसका लागि सबैको सहयोग चाहिन्छ ।”
सो अवसरमा सङ्घका पूर्वअध्यक्ष तथा पत्रकार लक्की चौधरीले लेखेको ‘थारु भाषाको हसौनी (चुट्किला)’ सङ्ग्रह पनि सभामुख नेम्वाङले विमोचन गर्दै उहाँले विभिन्न जातजातिका वेशभूषाले नेपालको विश्वमै अलग पहिचान भएको उल्लेख गर्नुभयो ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार