
काठमाडौँ, २० चैत । पूर्वसभामुख सुवास नेम्बाङले नेपालको संविधान विश्वकै समावेशी र उत्कृष्ट भएको बताउनुभएको छ ।
यहाँ आज थारु पत्रकार सङ्घको पाँचौँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले नेपालको संविधान विश्वमै उदाहरणीय बनेको बताउँदै संविधानसभाका सबै समिति समावेशी भएकाले समावेशी संविधानसभाले समावेशी संविधान बनाएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो– “विश्वमा ९० प्रतिशत जनता सहभागी भएर आफ्ना लागि संविधान बनाएको इतिहास कुनै मुलुकमा छैन, त्यो हामीले गरेर देखाएका हौँ ।”
नयाँ संविधानमा कसैको चित्त नबुझेको भए त्यसलाई शान्तिपूर्ण छलफल गरी टुङ्गोमा पुग्न सकिने भएकाले आन्दोलनरत समूहलाई छलफलमा आउन एमाले संसदीय दलका उपनेता नेम्बाङले आग्रह गर्नुभयो ।
लामो छलफल र समय लगाएर नेपालीले आफ्ना लागि आफैँ बनाएको संविधानले सबै जातजाति ,वर्ग, समुदाय, पिछडा वर्ग र लैङ्गिक समावेशिताले पूर्ण संविधान बनेकाले सबैको ध्यान यसको कार्यान्वयनमा हुनुपर्ने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो– “संविधान राम्रो बनेको छ, चित्त नबुझेका कुरामा छलफल गरी संशोधन गर्न सकिन्छ त्यसैले अबको चुनौती भनेको कार्यान्वयन हो, यसका लागि सबैको सहयोग चाहिन्छ ।”
सो अवसरमा सङ्घका पूर्वअध्यक्ष तथा पत्रकार लक्की चौधरीले लेखेको ‘थारु भाषाको हसौनी (चुट्किला)’ सङ्ग्रह पनि सभामुख नेम्वाङले विमोचन गर्दै उहाँले विभिन्न जातजातिका वेशभूषाले नेपालको विश्वमै अलग पहिचान भएको उल्लेख गर्नुभयो ।
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यद्वारा शपथ ग्रहण
‘म्यागासेसे’ विजेता महावीर पुनको संसद् यात्रा…
नेपाल निर्वाचन : मतपरिणाम सार्वजनिक हुनेक्रम अन्तिम चरणमा, रास्वपा पहिलो स्थानमा
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
इरान आक्रमणप्रति चीनको असहमति
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग