काठमाडौँ, २ फागुन । साहसिक पर्यटनको रूपमा लिइने मनोरञ्जनात्मक हवाई उडान (प्याराग्लाइडिङ)मा पछिल्लो समय आन्तरिक ताथ बाह्य पर्यटकको आकर्षण बद्दै गएको छ ।
कम लगानी र तुरुन्तै बढी लाभ पाइने भएकाले यसको व्यावसायिक आकर्षण बढ्दो छ । यद्यपि, यो व्यवसाय अझै व्यवस्थित र प्रभावकारी हुन सकेको छैन । करिब डेढ दशकअघि पोखराको सराङ्कोटबाट सुरु भएको प्याराग्लाइडिङ सेवा हाल देशका विभिन्न स्थानमा फैलिसकेको छ । पर्यटकको आवश्यकता र व्यावसायिक सम्भावनालाई मध्यनजर गरी प्याराग्लाइडिङलाई नेपालको पर्यटन क्षेत्रको महत्वपूर्ण आधारका रूपमा विकास गर्न नियामक निकाय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले योजना अघि बढाएको छ ।
मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले प्याराग्लाइडिङको संस्थागत विकास गर्ने गरी नीतिगत सुधारका कार्य भइरहेको जानकारी दिए । रासससँगको कुराकानीमा उनले भने, “प्याराग्लाइडिङलाई पर्यटनको महत्वपूर्ण उपजको रूपमा लिई व्यावसायिकीकरण गरी राजस्व बढाउनेतर्फ मन्त्रालयले काम अघि बढाएको छ ।”
विदेशी पाइलटकै भरमा चल्नुपर्ने बाध्यतालाई चिर्दै मन्त्रालयले दक्ष र व्यावसायिक पाइलट उत्पादन गर्ने उद्देश्यले नेपालमा पहिलो पटक प्याराग्लाइडिङ प्रशिक्षक संस्थालाई अनुमति दिइएको बताइएको छ । मुलुकमा अहिले झण्डै छ सयको हाराहारीमा प्याराग्लाइडिङ पाइलटको आवश्यकता छ । तर हाल इजाजत प्राप्त ११० जना मात्रै छन् । ती पनि अधिकांश विदेशी हुन् ।
प्याराग्लाइडिङको व्यवसायिक सम्भावना रहेपनि दक्ष जनशक्ति (पाइलट) र गन्तब्यसम्म पुग्ने पूर्वाधार विकास नहुदाँ व्यवसायिक फड्को मार्न नसकेको प्याराग्लाइडिङ इन काठमाडौँ कम्पनीका अध्यक्ष मुकुन्दप्रसाद अधिकारी बताउनुहुन्छ । काठमाडौँ उपत्यकानजिक सिन्धुपाल्चोकको भोटेचौर र ललितपुरको गोदावरीमा केहीवर्षदेखि प्याराग्लाइडिङको व्यवसायिक उडान हुँदै आएको छ । अत्यधिक सम्भावना रहेको गोदावरीलाई पोखराको जस्तै व्यवसायिक उडान गर्ने योजनाका अघि बढाइएको छ ।
मन्त्रालयको तथ्याङ्कअनुसार हाल नेपालमा इजाजत प्राप्त करिब ६५ प्यराग्लाइडिङ कम्पनी छन् तीमध्ये ४० को हाराहारीमा सञ्चालित र अरू सञ्चालनको प्रक्रियामा छन् । अहिले धरान, पोखरा, स्याङ्जा, तनहुँ (बन्दीपुर) र पाल्पामा प्याराग्लाइडिङ उडान भइरहेको छ । प्याराग्लाइडिङको मुख्य हब कास्कीको पोखरा हो ।
एक हजार ५०२ मिटर उचाइमा रहेको कास्कीको सराङ्कोटबाट प्याराग्लाइडिङ गरेर फेवाताल किनार खपौदीमा अवतरण गर्ने गरिन्छ । धौलागिरि, अन्नपूर्ण, मनास्लु, मनासलु हिमालदेखि कोरचनको डाँडा, सराङ्कोटको चुली, पाल्पाको श्रीनगर, तनहँँुको बन्दीपर, कास्कीकै मट्टीखानजस्ता पहाडमा सीधै अवतरण गर्न सकिने प्याराग्लाइडिङ हिमाल, पहाड, गाउँसहर र तालतलैयाको अनुपम सङ्गमलाई कैद गर्न सकिने साहसिक पर्यटन हो ।
देशका अन्य स्थानमा पनि विस्तार हुने सम्भावना रहेकाले व्यवसायी र सरकारको समन्वयमा उडान सङ्ख्या क्षेत्र पहिचान तथा विकास गर्ने योजना रहेको सहसचिव लामिछानेले बताए । “यो (प्याराग्लाइडिङ) व्यवसायबाट राज्यलाई राजस्वको योगदान बढाउनुका साथै व्यवसायिक र (सुरक्षा, दुर्घटना बीमा व्यवस्था गरी) भरपर्दो बनाउनेबारे मन्त्रालयले गृहकार्य गरिरहेको छ,”– मन्त्रालयको हवाई उद्योग व्यवस्थापन महाशाखाका प्रमुखसमेत रहेका सहचिव लामिछानेले भने ।
प्याराग्लाइडिङ जस्तै साहसिक अल्ट्रालाइट भने पोखरामा मात्रै सञ्चालित छ । सर्वोच्च शिखर सगरमाथामा स्काइ ड्राइभ पनि गरिन्छ । व्यावसायिक सम्भावना र बजार बढे पनि अहिले यो व्यवसायबाट कति आम्दानी हुन्छ र राज्यलाई कति हिस्सा जान्छ, भन्ने कुनै विवरण छैन । विदेशी पर्यटकले प्राकृतिक दृश्यावलोकनको आनन्दसँगै मनोरञ्जन लिन प्याराग्लाइडिङ रोज्ने गरेका छन् ।
पछिल्लो सयम नेपालीले पनि प्याराग्लाइडिङ रोज्न थालेकाले यस व्यवसायप्रति आकर्षण बढेको ‘ब्लू स्काई प्याराग्लाइडिङ कम्पनी’का बजार अधिकृत सोफिया थापा बताउंछिन् । “भूकम्प र नकाबन्दीले पर्यटक कम आए पनि अहिले ग्राहक बढेका छन्,”–उनले भनिन् । प्याराग्लाइडिङ गर्न नेपालीका लागि रु पाँच हजार ५०० र विदेशीका लागि रु आठ हजार ५०० शुल्क लाग्छ । फागुन र वैशाख महिना प्याराग्लाइडिङका लागि उत्तम समय मानिन्छ ।
नेपालको पोखरा क्षेत्र साहसिक पर्यटनका लागि विश्वमै उत्कृष्टस्थलका रूपमा विकास हुनुले यसलाई ऊर्जा थपेको बताइन्छ ।
विश्वस्तरीय प्याराग्लाइडिङ च्याम्पियनसीपसमेत हुँदै आएको पोखरा यही माध्यमबाट साहसिक खेलकुदको गन्तव्यका रूपमा समेत चिनिएको छ । युरोप, एसिया र उत्तर अमेरिकामा प्याराग्लाइडिङ चलेको छ । मोजाम्बिक, फ्रान्स, टर्की, न्युजिल्याण्ड, इटाली, स्वीडेन, दक्षिण कोरिया, स्लोभानिया प्याराग्लाइडिङका लागि प्रख्यात मानिन्छन् ।
प्रथम विश्व युद्धमा पहिलो पटक जल सेनाले प्यारासुटको प्रयोग गरेको बताइन्छ । सन् १९५० ताका प्याराकमाण्डरले यसको प्रयोग गरे । क्रमकि रूपमा विकास हुँदै सन् १९६४ मा अमेरिकाका डेमिना जाल्बर्टले प्याराग्लाइडिङको रूपमा विकास गरे । प्याराग्लाइडिङ चरा (चील) को खुटा र पखेटाले च्यापेर पछाडिको हावालाई दबाब दिएर जीउको अघिल्लो भाग अघि बढाउने सिद्धान्तमा आधारित छ ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार