
काठमाडौं, ६ माघ । नेपाली काँग्रेसको आगामी अधिवेशनमा स्थानीयस्तरका लागि हुने निर्वाचनमा देशभरिमा झण्डै नौ हजारभन्दा बढी पेसाकर्मी परिचालित हुने भएका छन् ।
यही माघ १५ गतेदेखि हुने स्थानीयस्तरका अधिवेशनका लागि आवश्यक निर्वाचन अधिकारीका रुपमा विभिन्न पेसाकर्मीलाई खटाउन लागिएको काँग्रेसले जनाएको छ ।
देशभरका तीन हजार १६५ गाविस र २१७ नगरपालिकाका तीन हजार ९० ठाउँको निर्वाचन गराउन एक ठाउँको कम्तीमा तीन जनाका दरले नौ हजारभन्दा बढी निर्वाचन अधिकारी चाहिने काँग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिनुभयो ।
“केन्द्रीय महाधिवेशनका लागि खटाइने निर्वाचन अधिकारीबाहेक स्थानीयस्तरका अधिवेशनका लागि मात्रै झण्डै नौ हजार निर्वाचन अधिकारी चाहिने देखिन्छ” उहाँले भन्नुभयो ।
अधिवेशनका लागि शिक्षक, वकिल, प्राध्यापक, पत्रकारलगायतका विभिन्न पेसाकर्मीलाई खटाउने उहाँले बताउनुभयो । शहरमा वकिल, प्राध्यापक र पत्रकारलाई पनि परिचालन गर्ने र गाउँ गाउँमा उनीहरु पर्याप्त नहुने भएकाले शिक्षकलाई नै सबै जिम्मेवारी दिने निर्वाचन समितिको तयारी छ ।
केन्द्रीय निर्वाचन समितिले निर्वाचनका लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्न पार्टीको जिल्ला समिति र शिक्षक संघलाई निर्देशन दिएको छ । समितिका संयोजक राधेश्याम अधिकारीले जारी गर्नुभएको निर्देशनमा हरेक जिल्लाका लागि एकजना निर्वाचन अधिकृत केन्द्रबाट खटाइने र बाँकी जनशक्ति स्थानीयस्तरबाटै व्यवस्था गर्नुपर्ने उल्लेख छ ।
जिल्लामा खटिने निर्वाचन अधिकृतले मतदान अधिकृत तोक्ने विषयमा अन्तिम निर्णय लिने बेहोरा समेत उहाँले स्पष्ट पार्नुभएको छ ।
मतदान अधिकृतको नामावली तयार पार्दा आवश्यक पर्ने सङ्ख्या भन्दा १५ प्रतिशत बढी गर्न पनि निर्देशनमा भनिएको छ ।
काँग्रेसको हरेक नगरपालिकाको वडा तहमा, गाविसको गाविस तहमा, निर्वाचन क्षेत्र र जिल्ला तहमा अधिवेशन भई कार्यसमिति गठन हुन्छ । गाविसस्तरको गाउँ अधिवेशन र नगरपालिकाको वडा अधिवेशन यही माघ १५ गते हुने भएको छ भने नगरपालिकाको नगरस्तरको अधिवेशन १६ गते पनि गर्न सकिने काँग्रेसको निर्वाचन समितिले व्यवस्था मिलाएको छ ।
क्षेत्रस्तरको अधिवेशन माघ २२ र जिल्लास्तरको अधिवेशन माघ २५ गते र केन्द्रीय महाधिवेशन फागुन २० गतेदेखि २३ गतेसम्म गर्ने तय भएको छ ।
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी