
काठमाडौँ, ४ पुस । बहुदलीय व्यवस्था पुनःस्थापना भएपछि मुलुकले अहिलेसम्म १३ प्रधानमन्त्री पायो । मुलुकको कार्यकारी प्रमुखको रुपमा देश हाँक्ने प्रधानमन्त्री नै हो । तर तीमध्ये १२ प्रधानमन्त्री हाँक्ने एक्ला चालक भने एउटै हुनुहुन्छ काठमाडौँ, वसुन्धराका माधव कार्की ।
मुलुक हाँक्नेलाई पनि हाँक्ने चानचुने जिम्मेवारी हैन । त्यो महत्वपूर्ण जिम्मेवारीलाई चालक कार्कीले कुशलतापूर्वक पूरा गर्नुभएको छ । तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईदेखि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसम्मलाई चालक कार्कीले एक्लै हाँक्नुभएको हो ।
मुलुकको शासनको बागडोर सम्हाल्ने प्रधानमन्त्री एक–दुई हैन १२ जनालाई सुरक्षित गन्तव्यमा पु¥याउँदा चालक कार्कीका विभिन्न अविष्मरणीय र रोचक अनुभूति र अनुभव छन् ।
कार्कीले विसं २०५६ देखि तत्कालीन प्रधानमन्त्री भट्टराईको गाडी चलाउनुभयो । त्यसपछि सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, डा बाबुराम भट्टराई, खिलराज रेग्मी(मन्त्रिपरिषद् अध्यक्ष), सुशील कोइराला र वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको गाडी चलाउनुभएको छ ।
विसं २०४२ मा कृषि मन्त्रालयमा सवारी चालकका रुपमा सेवा प्रवेश गर्नुभएका कार्कीले २०४७ सालमा गृह मन्त्रालय हुँदै प्रधानमन्त्री कार्यालयमा सरुवा भई प्रधानमन्त्रीको सवारी चलाउने महत्वपूर्ण जिम्मेवारी पाउनुभयो । त्यसो त चालक कार्कीले कुनै संस्थाबाट तालिम लिनुभएको हैन । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसादको समयमा मिलन बस्नेतले उहाँलाई तालिम दिनुभएको थियो ।
प्रधानमन्त्रीको गाडी सुरक्षा कारकेडको गतिअनुसार चलाउनु आफँैमा चुनौतीपूर्ण हो । निकै सचेतपूर्वक सवारी चलाउनुपर्ने हुन्छ । त्यतिका चुनौतीबाट विचलित नभइकन कार्कीले जिम्मेवारी पूरा गरिरहनुभएको छ । कुनै प्रधानमन्त्रीलाई तीव्र गति मन पर्ने र कसैलाई कम गति मन पर्ने, त्यसैले व्यक्तिको चाहना र आवश्यकतानुसार सवारीको गति सन्तुलन गर्नुपर्ने बाध्यता उहाँलाई थियो, छ । बाह्र प्रधानमन्त्रीको निरन्तर सवारी चलाउँदा त्यसबीचमा फेरबदल भइरहने प्रधानमन्त्रीसँगका विभिन्न अनुभूति कार्कीमा छ ।
प्रधानमन्त्रीको सवारी चलाउन नेपाली सेनाका कर्णेल र नेपाल प्रहरीका प्रहरी नायब निरीक्षकले प्रशिक्षण दिन्थे । सवारीका बेला कहीँ कतै गाडी भगाउनुपरेमा कारकेड मोटरसाइकलको गतिमा (५० देखि ८०) को गतिमा हाँक्नुपर्छ । चालक कार्कीलाई भने अन्य हँकाइभन्दा कार्यकारी प्रमुखको गाडी हाँक्न सजिलो र मज्जा हुन्छ । “ प्रधानमन्त्रीको सवारीमा हर्न बजाउनु पर्दैन, कतै रोक्नु पनि पर्दैन र जाम पनि हुँदैन”, कार्की भन्नुहुन्छ ।
यतिका प्रधानमन्त्रीसँग हिमचिम हुँदा पनि त्यस्तो कुनै लाभ लिन नसक्नुभएका उहाँलाई पेसाप्रति सदैव गौरवको अनुभूति हुन्छ । “मलाई गौरव लाग्छ, म आफ्नै मेहनतले आज यो ठाउँमा पुगेको छु, देशको प्रधानमन्त्रीको सवारी हाँक्न पाउँदा असाध्यै खुसी र गर्व लागेको छ” रासससँगको कुराकानीमा कार्कीले भन्नुभयो ।
अबको छ महिनापछि उमेर हदका कारण सेवानिवृत्त हुन लाग्नुभएका कार्कीले बाँकी जीवन सानोतिनो व्यवसाय गरेर बिताउने योजना सुनाउनुभयो । उहाँ निजामती सेवा अन्तर्गत पाँचौँ तहबाट सेवानिवृत्त हँुदै हुनुन्छ । कार्कीको परिवारमा श्रीमतीसहित दुई छोरा र चार छोरी हुनुहुन्छ ।
चालक कार्कीको अनुभवमा मुलुक हाँक्ने प्रधानमन्त्रीजस्तो व्यक्तिको सवारी हाँक्ने एउटै चालक हुनु राम्रो हो, व्यक्तिपिच्छे चालक फेरिँदा सवारी दक्षता कम हुने हुँदा जोखिम निम्तन सक्छ ।
बाह्र प्रधानमन्त्रीका अहिलेसम्म चार वटा मात्र सवारी फेरिएका छन् । अहिलेका प्रधानमन्त्रीको नयाँ सवारी छ । हालसम्म प्रधानमन्त्रीले चढ्ने महँगो गाडी भनेको करिब रु सात करोड मूल्यको छ । सबैभन्दा महँगो बिएमडब्लु कार हो जसको रु आठ करोड मूल्य पर्छ । परराष्ट्र मन्त्रालयको यो कार विशेष समारोहका बेला मात्र प्रयोग गरिन्छ ।
सामान्यतःप्रधानमन्त्रीको सवारीमा तीन सुरक्षा निकाय (नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल)का गाडी र ट्राफिक प्रहरीको कारकेड मोटरसाइकल हुन्छन् । दैनिक ३२ देखि ३४ जना सुरक्षार्थ खटिन्छन् तर विशेष समारोहमा गाडी पनि बढी हुन्छन् । मोटरसाइकल कारकेड नौ वटा अघिपछि र दायाँबायाँ १० वटा हुन्छ ।
प्रधानमन्त्रीका आफ्नै सोख
चालक कार्कीले अहिलेसम्मका प्रधानमन्त्री थरिथरि सोखका पाउनुभएको छ । वर्तमान प्रधानमन्त्री ओली तथा तत्कालीन प्रधानमन्त्री देउवा, दाहाल र भट्टराईलाई बढी गति मन पर्छ । थापा र निवर्तमान प्रधानमन्त्री सुशीललाई भने कम गति मनपर्छ । यतिका प्रधानमन्त्रीमध्ये गिरिजाप्रसादले मात्र चालक कार्कीका बारे बढी चासो लिनुभएको रहेछ । प्रधानमन्त्री कोइरालाले त तीन पटक उहाँको घरमा पुगी अवस्थाबारे सोध्नुहुन्थ्यो । अहिलेका प्रधानमन्त्री ओलीले पनि घरपरिवारको अवस्थाबारे चासो लिनुहुन्छ ।
कार्कीले भन्नुभयो, “प्रधानमन्त्री ओलीले आफ्नो परिवारका सबैलाई बालुवाटारमै बोलाएर सामूहिक तस्बिर खिंचाउनुभयो । अरुसँग त्यस्तो क्षण रहेन ।” चालक कार्कीको निपुणतालाई देखेर तत्कालीन प्रधानमन्त्री दाहालको समयमा उहाँलाई निजामती पुरस्कार–२०६५ बाट सम्मान गरिएको थियो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा