काठमाडौँ, ३ पुस । सभामुख ओनसरी घर्तीको अध्यक्षतामा आज बसेको व्यवस्थापिका– संसद्को बैठकले कार्यव्यवस्था परामर्श समिति सदस्यको नाममा हेरफेर गरेको छ ।
झन्डै ३८ मिनेट ढिला गरी सुरु भएको आजको बैठकले चित्रबहादुर केसी उपप्रधानमन्त्री एवम् सहकारी तथा गरिबी निवारण मन्त्रीमा र गिरीराजमणि पोखरेल शिक्षामन्त्रीमा नियुक्त भएपछि कार्यव्यवस्था परामर्श समितिको सदस्यमा हेरफेर गरेको हो ।
उपप्रधानमन्त्री मन्त्री केसी जनमोर्चा नेपालका र मन्त्री पोखरेल एनेकपा (एमाओवादी) कोटाबाट मन्त्री हुनुभएको थियो । उहाँहरू मन्त्रीमा बहाली भएका कारण रिक्त हुन गएको स्थानमा कार्यव्यवस्था परामर्श समितिमा आजको बैठकले जनमोर्चाका सांसद दुर्गा पौडेल र एमाओवादीका सांसद हितराज पाण्डेको नाम सिफारिस गरेको छ ।
बैठकले व्यवस्थापिका–संसद् नियमावली मस्यौदा समितिका सभापति राधेश्याम अधिकारीले समितिको कार्यविधि थपसम्बन्धी प्रस्ताव गर्नुभएको थियो । सो समितिको प्रतिवेदन तयार पार्न संसद्ले १५ दिनको म्याद थप गरी सर्वसमितिले स्वीकृत गरेको छ ।
संसद्को अर्को बैठक आगामी बुधबार ८ गते बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ ।
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]