काठमाडौँ, ३ पुस । सभामुख ओनसरी घर्तीको अध्यक्षतामा आज बसेको व्यवस्थापिका– संसद्को बैठकले कार्यव्यवस्था परामर्श समिति सदस्यको नाममा हेरफेर गरेको छ ।
झन्डै ३८ मिनेट ढिला गरी सुरु भएको आजको बैठकले चित्रबहादुर केसी उपप्रधानमन्त्री एवम् सहकारी तथा गरिबी निवारण मन्त्रीमा र गिरीराजमणि पोखरेल शिक्षामन्त्रीमा नियुक्त भएपछि कार्यव्यवस्था परामर्श समितिको सदस्यमा हेरफेर गरेको हो ।
उपप्रधानमन्त्री मन्त्री केसी जनमोर्चा नेपालका र मन्त्री पोखरेल एनेकपा (एमाओवादी) कोटाबाट मन्त्री हुनुभएको थियो । उहाँहरू मन्त्रीमा बहाली भएका कारण रिक्त हुन गएको स्थानमा कार्यव्यवस्था परामर्श समितिमा आजको बैठकले जनमोर्चाका सांसद दुर्गा पौडेल र एमाओवादीका सांसद हितराज पाण्डेको नाम सिफारिस गरेको छ ।
बैठकले व्यवस्थापिका–संसद् नियमावली मस्यौदा समितिका सभापति राधेश्याम अधिकारीले समितिको कार्यविधि थपसम्बन्धी प्रस्ताव गर्नुभएको थियो । सो समितिको प्रतिवेदन तयार पार्न संसद्ले १५ दिनको म्याद थप गरी सर्वसमितिले स्वीकृत गरेको छ ।
संसद्को अर्को बैठक आगामी बुधबार ८ गते बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ ।
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार