शनिबार, असोज १० २०७७ | Sat, September 26, 2020
नेपालको समय: २२:२३ | UK Time: 17:38

बैठक स्थगित गरेर मोर्चासँग वार्ता गर्न प्रमुख दल सहमत

वीनेपाली
२०७२ पुष ३ गते १२:३५
फाइल तस्विर

फाइल तस्विर

काठमाडौँ, ३ पुस । जारी व्यवस्थापिका–संसद्को बैठक यही पुस ८ गतेसम्म स्थगित गरेर मधेसी मोर्चासँग छलफल गर्न प्रमुख राजनीतिक दल सहमत भएका छन् ।

सभामुखको कार्यकक्ष सिंहदरबारमा आज बसेको नेपाली काँग्रेस, नेकपा (एमाले), एनेकपा (माओवादी) र राप्रपा नेपाललगायतका दलको बैठकले संसद् बैठक स्थगित गरी मोर्चासँग छलफल गर्ने निर्णय गरिएको हो ।

तराई मधेसमा जारी आन्दोलनलाई सम्बोधन गर्नका लागि गम्भीरतापूर्वक छलफल गर्नका लागि बैठक स्थगित गर्ने निर्णय गरिएको बैठकमा सहभागी राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले बताए ।

बैठकमा नेपाली काँग्रेसका सभापति सुशील कोइराला, नेकपा(एमाले)का नेता झलनाथ खनाल, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र मधेसी जनअधिकार फोरम(लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदार सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक