केशब भण्डारी । लण्डन बेलायतको मिडल्याण्ड र केम्ब्रिजशेयरमा बस्ने नेपालीहरुको संस्था साझा नेपाली समाज युकेको तेस्रो कार्यसमितिको पहिलो बैठक लेस्टरमा सम्पन्न भएको छ ।
साझा नेपाली समाज युकेका नवनिर्वाचित अध्यक्ष रण बहादुर केसीको सभापतित्वमा यही १४ डिसेम्वरमा लेस्टरको हैरिटेज रेस्टुरेन्टमा सम्पन्न बैठकले संस्थालाई गतिशील बनाउन बिभिन्न निर्णय गरेको छ ।
बैठकले यस क्षेत्रमा बस्ने नेपालीहरुलाई आपतविपत परेको बेला सहयोग गर्न कल्याणकारी कोषको व्यवस्था गर्ने लगायत संस्थालाई च्यारिटी कमिशनमा दर्ता गर्न प्रक्रिया शुरू गर्ने निर्णय गरेको छ ।
गत अक्टोवर २६ तारिखमा भएकाे साझा नेपाली समाज, यूकेको तेस्रो साधारणसभाबाट रण बहादुर केसीको अध्यक्षमा निर्विरोध चयन भएको कार्यसमितिलाई वैठकले पूर्णता पनि दिएको छ । कार्यसमितिमा उपाध्यक्ष महेश अधिकारी, महासचिव हरिकृष्ण कार्की, सचिव शिव खरेल, कोषाध्यक्ष नारायण फूयाल, सदस्यहरूमा केशब भण्डारी, पवन शर्मा, कृष्ण शर्मा सापकोटा, प्रेम अाले मगर ,कृष्ण खरेल, रूद्रलाल गैरे, श्याम खत्री, शिव क्षेत्री, इश्वर खड्का, रामचन्द्र सुवेदी र बलराम चापागाई रहनु भएको छ ।
वैठकमा संस्थाका संस्थापक अध्यक्ष शंकर भण्डारी, निवर्तवान अध्यक्ष राजु कणेल, सिर्जनशील लेस्टरका पूर्व अध्यक्ष दयानिधी सापकोटा लगायत नेपालबाट बेलायत भ्रमणमा आउनु भएका समाजसेवी एवं परोपकार महासंघ नेपालका केन्द्रीय सचिव कृष्ण प्रसाद शर्माको पनि उपस्थिति थियो ।
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल