केशब भण्डारी । लण्डन बेलायतको मिडल्याण्ड र केम्ब्रिजशेयरमा बस्ने नेपालीहरुको संस्था साझा नेपाली समाज युकेको तेस्रो कार्यसमितिको पहिलो बैठक लेस्टरमा सम्पन्न भएको छ ।
साझा नेपाली समाज युकेका नवनिर्वाचित अध्यक्ष रण बहादुर केसीको सभापतित्वमा यही १४ डिसेम्वरमा लेस्टरको हैरिटेज रेस्टुरेन्टमा सम्पन्न बैठकले संस्थालाई गतिशील बनाउन बिभिन्न निर्णय गरेको छ ।
बैठकले यस क्षेत्रमा बस्ने नेपालीहरुलाई आपतविपत परेको बेला सहयोग गर्न कल्याणकारी कोषको व्यवस्था गर्ने लगायत संस्थालाई च्यारिटी कमिशनमा दर्ता गर्न प्रक्रिया शुरू गर्ने निर्णय गरेको छ ।
गत अक्टोवर २६ तारिखमा भएकाे साझा नेपाली समाज, यूकेको तेस्रो साधारणसभाबाट रण बहादुर केसीको अध्यक्षमा निर्विरोध चयन भएको कार्यसमितिलाई वैठकले पूर्णता पनि दिएको छ । कार्यसमितिमा उपाध्यक्ष महेश अधिकारी, महासचिव हरिकृष्ण कार्की, सचिव शिव खरेल, कोषाध्यक्ष नारायण फूयाल, सदस्यहरूमा केशब भण्डारी, पवन शर्मा, कृष्ण शर्मा सापकोटा, प्रेम अाले मगर ,कृष्ण खरेल, रूद्रलाल गैरे, श्याम खत्री, शिव क्षेत्री, इश्वर खड्का, रामचन्द्र सुवेदी र बलराम चापागाई रहनु भएको छ ।
वैठकमा संस्थाका संस्थापक अध्यक्ष शंकर भण्डारी, निवर्तवान अध्यक्ष राजु कणेल, सिर्जनशील लेस्टरका पूर्व अध्यक्ष दयानिधी सापकोटा लगायत नेपालबाट बेलायत भ्रमणमा आउनु भएका समाजसेवी एवं परोपकार महासंघ नेपालका केन्द्रीय सचिव कृष्ण प्रसाद शर्माको पनि उपस्थिति थियो ।
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित
अभिनयतर्फ गायन समीर श्रेष्ठ
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक