यी हुन् खाना बिषादीले लाग्ने रोगहरु

bikal dai new

खानाद्वारा हुने रोगहरु प्राय दुषित पानी साथै बिषादी खानाहरुको कारणले हुने गर्दछ । यी रोगहरु हुनुमा खाना बाहकको रुपमा हानिकारक प्याथ्याजेनिक किटाणुहरुसंग शरीर भित्र पस्छ । शरीर भित्र पुगेपछि यी हानिकारक जीवाणुहरुको संख्या एकदम चाडै बृद्दी भइ रोग लाग्ने कारण बन्दछ । बिषादी खानपानबाट हुने प्राय रोगहरु निम्न छन् :

  • कप्यालोब्याक्टर इन्टरिटिस: यसलाई कप्यालोब्याक्टर कोली या कप्यालोब्याक्टर जेनुनी पनि भनिन्छ । यो धेरै झाडापखाला लागाउने एक प्रमुख रोग हो । यसको प्राय श्रोत जनाबार, दुषित पानी, काचो या कम पाकेको मासुको कारण हुन्छ । पेट दुख्नु, झाडापखाला हुनु, ज्वरो र टाउको दुख्नु, रुघा लागेको जस्तो हुनु यसको कारण हुन् । दुषित खाना खाएको दुइ देखि पाच दिन सम्म प्राय यसले असर गर्दछ । हात राम्रो सँग धुनु, उचित तापक्रममा पकाउनु, खानाहरु नमिसाउनु, जनाबरलाई नछुनु आदि गरेमा यसबाट बच्न सकिन्छ ।
  • इकोलाई ०१५७ : खासगरी भेरोक्टोटक्सिन बनाउने यस इकोलाई ०१५७ ले बच्चाहरु, केटाकेटीहरु, बृद्दहरुलाई ज्यान लिन  पनि  सक्छ ।  स्कटल्याण्डमा सन् १९९६ मा बगरेको पसलको इकोलाई ०१५७ युक्त  मासु र ग्रेभीले सोह्र जनाको ज्यान गएको र ५०० भन्दा बढी बिरामी भएका थिए ।

यसको मुख्य श्रोतहरु कांचो मासु खासगरी पिधेको, बर्गर, कांचो दुध, पानी, सलाद र फलफुल आदि हुन् । यो ढल,खाना, पानीबाट ब्यक्ति देखि व्यक्तिलाई सर्न पनि सक्छ । यसको लक्ष्यणहरु धेरै पेट दुख्ने, झाडापखालामा रगत आउने, मृगौला नोक्सान या काम नगर्ने को साथै जीबन नै जोखिम पनि हुन सक्छ । यो खाएको छ दिन भित्र यसको असर हुने गर्छ । राम्रो हाइजिनको नियम पालना गर्नु, उचित तापक्रममा पकाउनु, कांचो र पाकेको मासुलाई अलग अलग राख्नु, फलफुल, सलाद रामोसंग सफा पानीले धुनु आदि गर्नाले इकोलाई बाट बच्न या साबधान हुन सकिन्छ ।

  • लिस्टोरिओसिस : यसले लिस्टेरिया मोनोसाईटोजेनिस भन्ने हानिकारक अर्गानिजम बनाउछ । यो बाताबरणमा हुने माटो, घास, मान्छे र पशुको बिस्टामा पाइन्छ । यो खाएको ३ देखि ७० दिनसम्म यसको असर पर्न सक्छ । प्रौढलाई भन्दा यसै गर्भवती महिला, बृद्द, पाचनक्रिया कमजोर भएकालाई असर गर्छ । यी प्याथ्याजेनिक ब्याक्टेरिया फ्रिजको तापक्रममा पनि बिस्तारै बढ्न सक्छ । यसको लक्ष्यणहरु ज्वरो आउनु, ब्लड पोइजन हुनु, मेनेनजाइटिक्स आदि हुने हुन्छ । बारीदेखी थालिसम्मको हाइजिन तरिका सबै अबस्थामा अपनाउनु, उचित तापक्रममा पकाउनु या तताउनु, राम्रोसंग धुनु आदि गरे यसबाट बच्न सकिन्छ ।
  • टाइफाइड र पाराटाइफाइड : यो साल्मनेला ट्यापी र साल्मनेला पारा ट्यापी मुख्य यसको कारक हुन् । यो खाएको ७ देखि २१ दिनसम्म असर गर्न सक्छ र यसको लक्षहरुमा एकदम ज्वरो आउनु, टाउको दुख्नु, धेरै झाडापखाला हुनु, गुलाबी फोकाहरु आउनु आदि हुन्छन । यसको सक्रमण भएको मानिसको दिसामा, बिषादी पानी, काचो दुध, फलफुल, तरकारी, सलाद आदि यो रोगको श्रोत हुन् । यसबाट बच्को लागि सफा पानी प्रयोग गर्ने , सङ्क्रमण भएको व्यक्तिलाई खाना बनाउन नदिने, राम्रो व्यक्तिगत हाइजिनको नियम पालना गर्ने, मुसा, सांग्ला, परेवा, आदि पशु पन्छीको उचित नियन्त्रण, ढलको उचित व्यवस्थापन आदि अपनाउने गर्नाले यसबाट टाढा रहन सकिन्छ ।
  • बसिलरी डिसेन्ट्री : एक देखि सात दिन भित्र लक्षण शिन्गेला सोंनेई र शिन्गेला फ्लेक्स्नेरीको कारणबाट हुने यो रोग हुंदा झाडापखाला या रगत पखाला हुने, ज्वरो आउने, पेट दुख्ने, वान्ता हुने आदि हुने गर्छ । यसका मुख श्रोतहरु यसको सङ्क्रमण भएको व्यक्तिको दिसा, बिषादी पानी, दुध, कांचो तरकारी, सलाद आदि हुन् । ढलको उचित ब्यबस्थापन, राम्रो व्यक्तिगत हाइजिन, सङ्क्रमण व्यक्तिलाई खाना या भान्छामा काम गर्न नदिने, सहि तापक्रममा पकाउने आदि गर्नाले यसबाट सजग हुन सकिन्छ ।
  • भाइरल ग्याट्रोएनट्रीटिस : नोराभाइरसको कारणले हुने यो रोग एक देखि दुइ दिनभित्र लक्ष्यण देखा पर्छ । झाडापखाला हुनु, वान्ता हुनु, पेट दुख्नु, ज्वरो आउनु आदि हुने यसको मुख्य श्रोत ढल मिसिएको पानी, कांचो तरकारी र सलाद, व्यक्तिबाट सर्ने जस्ता हुन् । यो रोग साघुरो ठाउ जहाँ धेरै मान्छेहरु हुन्छन्, त्यहाँ चाडै नै सर्ने गर्छ । सफा पानीको प्रयोग, फलफुल, तरकारी राम्रो संग धुनु, व्यक्तिगत हाइजिनको उचित पालना गर्नु, यो लागेको व्यक्तिलाई खाना बनाउन या छुन नदिनु नै यसबाट जोगिनु उपाय हो ।
  • हेपाटाइटिस ए :  १० दिन्न देखि ५० दिन सम्ममा लक्षण देखापर्ने यो हेपाटोभाइरसको कारणले हुने गर्छ । ज्वरो आउनु, वान्ता हुनु, जन्डिस हुनु आदि यसको लक्षण हुने यसको मुख्य कारक ढल मिसिएको पानी, काचो तरकारी र सलाद , यसबाट सङ्क्रमण व्यक्ति, पहिल्यै यसबाट बिषादी भएको खाना आदि हुन् । ढल मिसिएको पानीमा हुने प्राउन, माछाले पनि यसको जोखिम बढाउछ । उचित व्यक्तिगत हाइजिन, सफा पानी, संक्रमित व्यक्तिलाई भान्छामा आउन नदिनु, फलफुल तरकारी राम्रो संग धुनु जस्ता क्रियाकलापले यसबाट बच्न सकिन्छ ।

फुड प्वाइजनिंग र खाना बाट हुने रोग (फुड बोर्न डिजिज) मा फरक 

खानाबाट हुने यी दुई किसिमका रोगमा धेरै भिन्नताहरु छन् :

  • फुड प्वाइजनिंगको असर १देखि ११ दिन सम्म हुन्छ भने खानाबाट हुने रोग धेरै लामो समय सम्म हुन्छ । उदारहणको लागि लिस्टोरिओसिसले असर गर्ने अबधि  ७० दिन सम्मको लामो हुन् सक्छ भने बसिलियस सिरस भन्ने ब्याक्टेरिया १देखि ५ घण्टा सम्मको असर गर्छ ।
  • फुड प्वाइजनिंग हुदामा भन्दा फुड बोर्न डिजिजको लागि कम परिणामले असर गर्छ । जस्तै ५०० कम्प्यालोब्याक्टर जेजुनीले बिरामी बनाउन सक्छ भने १०० अर्गानिजम भन्दा कमले भेरोसाइटोटक्सिन इ कोलाई ०१५७ हुन सक्छ । फुड प्वाइजनिंग अर्गानिजम साधारणतया  धेरै बढी हुन्छ । उदारहणको लागि फुड प्वाइजनिंग हुन एक लाख साल्मनेला तथा दश लाख क्लोस्ट्रीडीयम परफ्रीन्जिंस अर्गानिजमहरु एक ग्राम खानामा हुने गर्छन् ।
  • फुड प्वाइजनिंग भन्दा अलग हानिकारक प्याथ्याजेनिक अर्गानिजम  फुड बोर्न डिजिजको लागि धेरै संख्यामा वृद्धि हुदैन । खाना खालि प्याथ्याजेनिकको लागि  बाहकको रुपमा काम गर्छ ।
  • फुड बोर्न डिजिजको लक्षण झाडापखाला, वान्ता नहुन पनि सक्छ ।
  • खाना बाहेक अरुको कारणले पनि फुड बोर्न डिजिज हुन सक्छ ।
  • फुड प्वाजनिंगमा भन्दा फुड बोर्न डिजिजमा थोरै मात्राको संक्रमित हुने हुन्छ ।

खाना विषादीको प्राय लक्षणहरु केहि दिनमा ठिक हुन्छ, नभएमा डाक्टरको परामर्श लिनु पर्दछ ।

खाना बिषाक्तिबाट हटाउन निम्न कुरामा जोड दिऔं:

  • खाना उचित तापक्रममा राम्रोसँग पाकाऔं ।
  • खाना राख्दामा उचित तापक्रममा ढकन लगाएर मात्रै राखौं । याद गरौ फिजको तापक्रम ५ डिग्री भन्दा कम, फ्रिजरको -१८ भन्दा कम हुनुपर्छ ।
  • खानालाई ७ देखि ६३ डिग्रीको तापक्रममा नराखौ किनभने यसलाई “खतराको क्षेत्र” मानिन्छ ।
  • चिसो खानालाई पुरा तापमा तताऔ । तीस सेकेण्डसम्म लगातार नाप्दा ८५ डिग्री भन्दा माथि हुनुपर्छ ।
  • बिरामी मानिस या फोहर हात भएकोलाई खाना छुन नदिऔं ।
  • मिति गुज्रेको खाना नखाऔं ।
  • काचो अनि पाकेको, माछा, मासु, अन्डा र तरकारी अनि अरु खानाहरु नमिसाऔं । अलग अलग चक्कु, काट्ने बोर्ड, राक्ने तरिकामा ध्यान दिऔं ।

सफा गर्नु, खानालाई अलग र ढकन लगाएर राख्नु, उचित तापक्रममा पकाउनु र सहि तापक्रममा राख्नु यी चार तरिका अपनाए खाना बिषाक्ति हुन बाट जोगिन सकिन्छ । खाना फ्रिजमा राख्न्दा अन्तिम तखतामा काचो मासु, त्यस पछि माथिल्लोमा फलफुल सब्जी, अनि सिरानकोमा पकाएको खाना स्टोर गर्ने गर्नुपर्छ ।

(लेखक फुड सेफ्टी अनुगमनकर्ता तथा नेप्लिग हार्ट फाउन्डेसन बेलायतका अध्यक्ष हुन् )

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री