
लुम्बिनी अञ्चल अस्पताल बुटवललाई अति आवश्यक पर्ने औषधीहरु हस्तान्तरण गर्न आएका एनआरएनका सदस्य टोलि । तस्बिर ः कमल रायमाझी, भैरहवा,रासस
काठमाडाँै, १६ मङ्सिर । गैरआवासीय नेपाली सङ्घले नाकाबन्दीका कारण औषधि अभाव भोगिरहेका जनकपुर, वीरगन्ज र बुटवलका क्षेत्रीय अस्पताललाई निःशुल्क जीवनरक्षक औषधि हस्तान्तरण गरेको छ ।
यसअघि स्वास्थ्य मन्त्रालयलाई पहिलो चरणमा करिब रु ३८ लाखको औषधि दिएको सङ्घले पहिलोपटक तीन महिनादेखिको आन्दोलनबाट प्रभावित तराई क्षेत्रका अस्पतालमा आफैँ पुगेर औषधि हस्तान्तरण गरेको हो ।
सङ्घका अध्यक्ष शेष घलेसहितको टोलीले तीनवटै अस्पताललाई करिब दुई–दुई हजार किलो औषधि हस्तान्तरण गरेको हो । अध्यक्ष घलेले जनकपुर विमानस्थलमा हिजो आयोजित कार्यक्रममा अस्पतालका अध्यक्ष डा नगेन्द्रप्रसाद यादव र नि मेडिकल सुपरिटेन्डेन्ट डा राजकिशोर पण्डितलाई औषधि हस्तान्तरण गर्नुभयो । औषधि ग्रहण गर्न अस्पतालका चिकित्सक र स्थानीय राजनीतिक दलका प्रतिनिधिसमेत विमानस्थल आइपुगेका थिए ।
यसैगरी सङ्घले हिजै नारायणी क्षेत्रीय अस्पताललाई पनि जीवनरक्षक औषधिहरु हस्तान्तरण गरेको छ । अध्यक्ष घलेले अस्पतालका निमित्त मेडिकल सुपेरिटेन्डेन्ट उदयशंकर चौधरीलाई औषधि हस्तान्तरण गर्नुभयो ।
यसैगरी बुटवलस्थित क्षेत्रीय अस्पताललाई पनि हिजै सङ्घले औषधि हस्तान्तरण गरेको छ । भैरहवामा आयोजित कार्यक्रममा सङ्घका अध्यक्ष घलेले अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा राजेन्द्र खनाललाई औषधि हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा सङ्घका तर्फबाट अध्यक्ष घले, संरक्षक एवम् संयुक्त राष्ट्रसङ्घका पूर्वउपमहासचिव कुलचन्द्र गौतम, संरक्षक इन्द्रा वन र प्रवक्ता रन्जु थापा उपस्थित हुनुहुन्थ्यो । औषधि ढुवानीका लागि नेपाली सेनाले सहयोगस्वरुप स्काई ट्रक उपलब्ध गराएको थियो । नेपालमा आएको मानवीय विपत्मा सहयोग गर्न अग्रसर भएको गैरआवासीय नेपाली सङ्घले औषधिको अभावका कारण ज्यान जाने अवस्था आउन नदिन औषधि सहयोग जारी राख्ने बताएको छ ।
“जहाँजहाँ धेरै अभाव छ, त्यहाँ हामीले नै छिटो औषधि उपलब्ध गराउने उद्देश्यले अस्पताललाई नै औषधि हस्तान्तरण गरिएको हो”, अध्यक्ष घलेले भन्नुभयो, “उहाँहरुले दिएको सूचीअनुसार नै हामीले ६ हप्ताका लागि पुग्ने गरी औषधि दिएका छौँ ।”
सरकारलाई दिएको औषधि सम्बन्धित अस्पताललाई पुग्न ढिलाइ नहोस् भनेर सरकारलाई जानकारी दिएरै छिटो औषधि पु¥याउन खोजिएको उहाँले बताउनुभयो । भूकम्पको बेलामा जस्तै पीडितसम्म सिधै पुग्ने योजनाअनुसार तराई क्षेत्रमा रहेका क्षेत्रीय अस्पताललाई औषधि पु¥याइएको जानकारी उहाँले दिनुभयो ।
नाकाबन्दीका कारण उत्पन्न मानवीय सङ्कट समाधानका लागि गैरआवासीय नेपाली सङ्घले सहयोग गर्ने घोषणा गरेअनुरुप अहिले विभिन्न देशमा अर्थ सङ्कलनको कार्यक्रम भइरहेको छ भने सङ्कटलाई अन्तर्राष्ट्रीयकरण गरी दबाब सिर्जना गर्न विभिन्न देशमा गैरआवासीय नेपालीले प्रदर्शन गरिरहेका छन् ।
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
यी हुन् प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नाम [सूची]
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी