
यसमध्ये, ५३ करोड बालबालिका उच्च बाढीको प्रभाव क्षेत्रमा रहेको तथा १६ करोड बालबालिका खडेरी प्रभावित क्षेत्रमा बसोबास गर्दै आएको युनिसेफको भर्खरै सार्वजनिक तथ्याङ्कले जनाएको छ ।
पेरिसमा हुन लागेको संयुक्त राष्ट्रसङ्घ जलवायु परिवर्तन सम्मेलन (सीओपी–२१) पूर्व सार्वजनिक गरिएको तथ्याङ्क अनुसार ५३ करोड बाढी प्रभावित क्षेत्रमा बसोबास गर्ने बालबालिकामध्ये पनि झन्डै ५० प्रतिशत बालबालिका गरिबीको रेखामुनि रहेका छन् ।
विश्वभरका करिब ३० करोड बालबालिका गरिबीको समस्या (३.१० अमेरिकी डलर) खेप्दै बाँच्न बाध्य रहेको युनिसेफको पछिल्लो तथ्याङ्कले जनाएको छ ।
बालबालिकाको वर्तमान स्थितिलाई हेर्दा तत्काल यो भयावह स्थितिको सामना गर्न नयाँ कार्यक्रम ल्याउनुपर्ने, युनिसेफका कार्यकारी निर्देशक एन्थोनी लेकले एक वक्तव्य जारी गर्दे बताउनुभएको छ ।
आजका बालबालिका जलवायु परिवर्तनका असरप्रति एकदमै कम जिम्मेवार भएका बताउँदै युनिसेपफ प्रमुख लेकले भन्नुभयो, जलवायु परिवर्तनको शिकार भने उनीहरु आफै र तिनका आगामी पुस्ताले व्यहोर्नु पर्छ । यसका कारण उनीहरुले जलवायु परिवर्तनलाई नियन्त्रण गर्ने योजनासहित आगामी दिनमा अघि बढ्नु पर्नेछ ।
यसमा पनि अति गरिब र अल्पविकसित समुदायका बालबालिकाले जलवायु परिवर्तनको असरबाट प्रभावित हुने छन्, उहाँले भन्नुभयो ।
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
विश्वकप फुटबल : अर्जेन्टिनाको विजयी सुरुआत, अल्जेरिया पराजित