
स्कटल्याण्डमा भण्डारीको अर्को रेष्टुरेन्ट खुल्यो
लन्डन । व्यवसायी काशीराम भण्डारीको लगानीमा स्कटल्याण्डमा अर्को नयां रेष्टुरेन्ट खुलेको छ । स्टर्लिङ शहरको केन्द्रमा अवस्थित नमस्ते स्टर्लिङ वर्ल्ड बफेट रेष्टुरेन्टको सोमबार मध्यान्ह प्रमुख अतिथी लर्ड प्रोभोष्ट माइक रोबिन्स् ले उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहमा लर्ड प्रोभोष्ट रोबिन्स् ले शुभकामना व्यक्त गर्दै आफ्नो शहरमा नेपाली व्यवसाय विस्तार भएकामा प्रसन्नता व्यक्त गरे । उनले रेष्टुरेन्टले स्वादिष्ट खाना पस्कने अपेक्षा समेत व्यक्त गरेका थिए ।
२०० सिट क्षमताको उक्त रेष्टुरेन्टमा झण्डै तीन लाख पाउण्ड लगानी शुरु भएको छ । स्टर्लिङमा मल्टी कुजिन खाना उपलव्ध गराउने गरि नेपालीले खोलेको यो नै पहिलो रेष्टुरेन्ट मानिएको छ ।
भण्डारीका स्कटल्याण्डमा चारवटा रेष्टुरेन्ट सञ्चालनमा छन् । उनको सिमला प्यालेस अत्यधिक चल्ने रेष्टुरेन्ट मानिन्छ । स्कटल्याण्डको स्थानीय समुदायमा राम्रो प्रभाव बनाएका भण्डारीको यसअघि खुलेको रेष्टुरेन्ट पूर्व बेलायती प्रधानमन्त्री गोर्डन ब्राउनले उद्घाटन गरेका थिए । भण्डारीले स्कटल्याण्डमा नेपाली रेष्टुरेन्ट खोलेर धेरैलाई रोजगारी दिंदै आएका छन् ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- नयाँ भाइरस तीव्र गतिमा फैलिएपछि लण्डन, पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्ड टियर ४ मा
- बेलायत सरकारद्वारा गोरखा भूपू सैनिकका लागि नयाँ पेन्सनको प्रस्तावमाथि सुझाव माग
- कोरोना खोपको पहिलो डोज लिएका पुडासैनीलाई कोरोना संक्रमण
- ‘बेलायतमा वर्क पर्मिट खुल्यो भनेर हल्लाको पछि नलागी बुझेर मात्र आउनुहोस्’ : सोलिसिटर दिपक भट्टराई
- बेलायत र युरोपियन युनियनबीच सहमति