लन्डन । व्यवसायी काशीराम भण्डारीको लगानीमा स्कटल्याण्डमा अर्को नयां रेष्टुरेन्ट खुलेको छ । स्टर्लिङ शहरको केन्द्रमा अवस्थित नमस्ते स्टर्लिङ वर्ल्ड बफेट रेष्टुरेन्टको सोमबार मध्यान्ह प्रमुख अतिथी लर्ड प्रोभोष्ट माइक रोबिन्स् ले उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहमा लर्ड प्रोभोष्ट रोबिन्स् ले शुभकामना व्यक्त गर्दै आफ्नो शहरमा नेपाली व्यवसाय विस्तार भएकामा प्रसन्नता व्यक्त गरे । उनले रेष्टुरेन्टले स्वादिष्ट खाना पस्कने अपेक्षा समेत व्यक्त गरेका थिए ।
२०० सिट क्षमताको उक्त रेष्टुरेन्टमा झण्डै तीन लाख पाउण्ड लगानी शुरु भएको छ । स्टर्लिङमा मल्टी कुजिन खाना उपलव्ध गराउने गरि नेपालीले खोलेको यो नै पहिलो रेष्टुरेन्ट मानिएको छ ।
भण्डारीका स्कटल्याण्डमा चारवटा रेष्टुरेन्ट सञ्चालनमा छन् । उनको सिमला प्यालेस अत्यधिक चल्ने रेष्टुरेन्ट मानिन्छ । स्कटल्याण्डको स्थानीय समुदायमा राम्रो प्रभाव बनाएका भण्डारीको यसअघि खुलेको रेष्टुरेन्ट पूर्व बेलायती प्रधानमन्त्री गोर्डन ब्राउनले उद्घाटन गरेका थिए । भण्डारीले स्कटल्याण्डमा नेपाली रेष्टुरेन्ट खोलेर धेरैलाई रोजगारी दिंदै आएका छन् ।
नेपाली कांग्रेसलगायतले अवरोध गर्दा प्रतिनिधिसभा बैठक स्थगित
साहित्यकार हितानद्वारा आमाको स्मृतिमा ‘पर्या-साहित्य पुरस्कार’ घोषणा
बेलायतमा १३औँ ‘गोर्खा वाक सम्पन्न, रोबर्ट लाटाला र मन्दा गुरुङ प्रथम
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
१७ नेपालीले पूरा गरे ‘लन्डन टु पेरिस’ च्यारिटी साइकलयात्रा
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
बेलायतको फार्नबोरोमा आगामी जुलाई २४ र २५ मा आन्तरिक क्षमता अभिवृद्धि तालिम हुने
ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरताको वार्षिक साधारणसभा सम्पन्न
विदेशी विद्यार्थी भिसामा बेलायतको कडा नियम : बीचमै विद्यार्थीले पढाइ छाडे विश्वविद्यालयले भर्ना गर्न नपाउने
छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवमा विभिन्न विद्यामा उत्कृष्टलाई ‘अवार्ड’, क-कसले पाए ?