सोमबार, असोज १२ २०७७ | Mon, September 28, 2020
नेपालको समय: ११:०७ | UK Time: 06:22

लन्डनमा यसपटक देखिएन छठको रौनक

वीनेपाली
२०७२ मंसिर ७ गते १५:३२

chattt
लन्डन । नेपालको राजनीतिक गतिरोध र मधेशमा आन्दोलनको आगो बलिरहंदा लन्डनमा यसवर्ष छठको रौनक खासै भएन । एसोसिएसन अफ नेपलिज मधेशीज् इन यूकेले विगत वर्षहरुमा जस्तो औपचारिक पूजा नगरि यसवर्ष परिवार र साथीभाइबीच भेटघाट मात्र गर्यो । मिथिलाञ्चलको पवित्र पर्व छठका अवसरमा एसोसिएसनले गत आइतबार हाउन्स्लोमा भेटघाट गरेको हो । एसोसिएसनको यसपटकको सातौं छठ पर्वमा प्रसाद मात्र वितरण भएको थियो ।

कार्तिक शुक्ल पक्षको ६ दिन अर्थात गत बुधवार मनाइने भएपनि यहां वीकेन्ड पारेर एसोसिएसनले एक कार्यक्रम गरेको थियो ।

हिन्दू धर्ममा छठ पर्वका दिन अस्ताउन लागेको सूर्यलाई अर्घ दिएर पूजा गरिन्छ । छठको ब्रत वस्दा छालाको रोग नलाग्ने, सन्तान प्राप्ति, सुख समृद्धि, सौभाग्य र सम्भावित दुर्घटनाबाट जोगिने जस्ता धार्मिक विश्वास छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक