लन्डन । यतिखेर बेलायत टुरमा छन् लोक गायक गायिका कुलेन्द्र विश्वकर्मा र रमिला न्यौपाने । गत अक्टोबरमा दशैं तिहार कार्यक्रम गर्न नेपालबाट आएको यो जोडी आगामी साता नेपाल फर्कनुअघि विभिन्न सांगीतिक कार्यक्रम गर्न व्यस्त छ । शनिवार मगरसंघ यूकेको च्यारिटी कार्यक्रममा अबेर सम्म दर्शक नचाएको यो जोडी आइतबार सांझ झुल्कियो उलवीचस्थित लोटस क्लवमा । प्रकाशराज कंडेल एक्लैको प्रयासमा जुरेको थियो दीपावली शुभकामना सांझ ।
दर्शक उपस्थिति उल्लेख्य नरहेपनि कार्यक्रममा हेभीवेट बढि नै थिए । कार्यवहाक राजदूत तेजबहादुर क्षेत्री रमिला र कुलेन्द्रको लोक गायनले आल्हादित मात्र भएनन्, नाच्न समेत वाध्य भए । एनआरएनए यूके उपाध्यक्ष दासुराम पाण्डे, सचिव फडिन्द्र भट्टराई, कोषाध्यक्ष दीपक श्रेष्ठ, युवा संयोजक हरि आचार्य, विनोद ज्ञवाली, एलएन पाण्डे, सुरज केसी, लगायत अगुवा रमिला कुलेन्द्रको गायनले रोमाञ्चित भइरहेको बुझ्न अप्ठेरो थिएन ।
कार्यक्रममा रमिलाले गाइरहंदा दर्शकदीर्घाबाट कसैले भन्यो, रमिलाको गायन मात्र होइन, सौन्दर्यता झन् लट्ठ पार्ने पो रहेछ । हुन पनि रमिला ज्यादै सुन्दर देखिएकी थिइन् लोटस क्लवमा (हेर्नुस् माथिल्लो तस्विर) ।
अन्तिम सत्रमा डिजे हेम विष्टको गीत संगीतले पनि चिसिंदो मौसम तातिरहेको थियो । वान्स मोर भन्दा भन्दै दश बजे प्याक अप गर्नुपर्ने कार्यक्रम केही पर सरेको थियो ।
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
विश्वकप फुटबल : अर्जेन्टिनाको विजयी सुरुआत, अल्जेरिया पराजित