लन्डन । गैर आवासीय नेपाली संघ, बेलायत (एनआरएनए यूके) ले भारतीय नाकाबन्दीको विरोध गर्दै शुक्रवार बिहान लन्डनस्थित भारतीय हाइ कमिसनमा ज्ञापनपत्र बुझाएको छ ।
गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदको निर्देशन बमोजिम विश्वभरका ७१ समितिले ज्ञापन बुझाउने क्रममा बेलायत शाखाले पनि सेन्ट्रल लन्डनको अल्वीचस्थित इन्डिया हाउस पुगेर मध्यान्ह ज्ञापन बुझाएको हो ।
यसअघि तिहारको अघिल्लो दिन ७१ वटै शाखाले एकैदिन ज्ञापन बुझाउने कार्यक्रम एक्कासी स्थगित भएको थियो ।
एनआरएनए यूकेले गत अक्टोबर ७ मा पनि भारतीय हाइ कमिसनमा ज्ञापन बुझाएको थियो । यसपटक बुझाइएको ज्ञापनमा पनि नाकाबन्दीको तत्काल अन्त्य गरि जनजीवन सहज बनाइदिन आग्रह गरिएको छ । अध्यक्ष मुछेत्र गुरुङले ज्ञापनमा खाद्यान्न र पेट्रोलियम पदार्थमात्र होइन, औषधिको समेत चरम अभावलाई मध्यनजर गरिदिन अपिल गरिएको जनाए ।
ज्ञापन बुझाउन संघका अध्यक्ष गुरुङसहित उपाध्यक्षहरु दासुराम पाण्डे र हिराधन राई, सचिव फडिन्द्र भट्टराई, महिला संयोजक सुशिला राई, युवा संयोजक हरि आचार्यलगायत पदाधिकारी र सदस्यहरु, प्रवक्ता खुशी लिम्बु, आइसीसी सदस्यहरु, आइसीसी सल्लाहकार विश्व आदर्श पण्डित लगायत हाइ कमिसन पुगेका थिए ।
विश्वव्यापी विरोध
नाकाबन्दीको विरोधमा विदेशमा रहेका नेपालीले प्रदर्शन जारी राखेका छन् । गत १२ नोभेम्बरका दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बेलायत भ्रमणका सिलसिलामा आउंदा बेलायती प्रधानमन्त्री कार्यालय अगाडि सशक्त विरोध प्रदर्शन भएको थियो भने संयुक्त राष्ट्रसंघको मुख्यालय र जर्मनीस्थित भारतीय दूतावास अगाडि पनि प्रदर्शन भइसकेको छ । एनआरएनए अष्ट्रेलियाले नाकाबन्दीविरुद्ध देशव्यापी आन्दोलन
गर्ने जनाएको छ । गैर आवासीय नेपालीले चीनको विशेष प्रशासनिक क्षेत्र हङकङमा पनि प्रदर्शन गरेको समाचार छ ।
गैर आवासीय नेपाली संघले नाकाबन्दीका कारण मानवीय संकट आइपरेको उल्लेख गर्दै सरकारी निकाय र साझेदारहरुसंग समन्वय गरि अस्पताल तथा स्वास्थ्य चौकीलाई आवश्यक औषधि एवं चिकित्साजन्य सामाग्री प्रदान गर्ने घोषणा गरिसकेको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा