पेरिस, २८ कात्तिक । फ्रान्सको राजधानी पेरिसमा शुक्रबार राति भएका शृंखलाबद्ध आतङ्कवादी हमला गर्दा त्यसमा परी १२७ जना भन्दा बढीको ज्यान गएको समाचार छ ।
उक्त हमलामा परी मारिनेको सङ्ख्या १४० भन्दा बढी भएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
तर फ्रान्सेली समाचार समिति, एएफपीले भने सो हमलामा परी मारिने व्यक्तिको सङ्ख्या १२७ पुगेको मात्र जनाएको छ ।
हमलाकारीहरुले शुक्रबार राति राजधानी पेरिसका विभिन्न सात स्थानमा बन्दुक र बमबाट हमला गरेका थिए । बन्दुकधारीहरुले अन्दाधुन्ध गोली प्रहार गरेका थिए ।
साथै कतिपय स्थानमा उनीहरुले बम विस्फोट पनि गराएका थिए । बम हमलाकारी आत्मघाती भएको पनि खुलेको छ । आत्मघाती बम हमलाकारी सबैजसो मारिएका प्रहरीले जनाएको छ ।
फ्रान्सको पेरिसमा यसवर्ष नै दुई पटकसम्म यस्तो आतङ्ककारी हमला भएको छ । गएको जनवरी महिनामा पनि पेरिसमा भएको हमलामा पत्रकारहरुसहित दर्जनभन्दा बढी मानिस मारिएका थिए ।
सात स्थानमा एकै पटक यी हमलाहरु भएका बताइएको छ । ती मध्येको एक शक्तिशाली हमला बाटाक्लान क्षेत्रमा रहेको एक नाट्यशालामा भएको थियो ।
सो नाटकघरमा एक अमेरिकी ब्याण्डले गीत संगीत प्रस्तुत गरिरहेको थियो । त्यस क्रममा आतंककारी हमला भएको थियो ।
सो कार्यक्रमस्थलमा मात्र करिब १०० जना मारिएका थिए । त्यहाँ आतङ्ककारीहरुले बन्दुकले अन्दाधुन्ध गोली चलाएका थिए ।
सयौँ व्यक्ति खचाखच रहेको हलमा कार्यक्रम हेरिरहेको बेला सो हमला भएको बताइएको छ ।
त्यस नजिकैको राष्ट्रिय रंगशाला, स्टेट डि फ्रान्समा भएको थियो । सो रंगशालामा फ्रान्स र जर्मनीबीचको मैत्रीपूर्ण फुटबल भइरहेको थियो ।
सो फुटबल खेल रातिको करिब ९ बजेतिर भएको थियो । सो खेलकुद म्याचमा फ्रान्सेली राष्ट्रपति फाँसा अल्याण्ड पनि उपस्थित हुनुहुन्थ्यो ।
राष्ट्रपति नै उपस्थित सो समारोहमा अकस्मात विस्फोट हुन थालेपछि ठूलो आतंक मच्चिएको थियो । उहाँलाई प्रहरीले बल्ल तल्ल सुरक्षास्थतर्फ पुराएको थियो ।
आक्रमणपछि सो रंगशालालाई प्रहरीको हेलिकोप्टरले घेरा हालेको थियो । सुरक्षा अवस्था तत्कालै कडा पारिएको थियो ।
सो रंगशालामा पनि मानिस हताहती भएको बताइएको थियो । त्यसैगरी अन्य छ वटा क्षेत्रमा भएका हमलामा परी ती मानिस मारिएको बताइएको छ ।
सङ्कटकालको घोषणा, फ्रान्सका सबैतिरका सीमानाका बन्द
यसैबीच सो आक्रमणपछि फ्रान्समा आपतकालीन अवस्थाको घोषणा गरिएको छ । राष्ट्रपति ओल्याण्डले सो अवस्थाको घोषणा गर्नुभएको हो ।
उहाँले राष्ट्रिय रुपमा संकटकाल घोषणा गर्दै आतङ्कवादका विरुद्धमा एक भएर लड्न सबै देशवासीलाई आग्रह पनि गर्नुभएको छ ।
उहाँले अकल्पनीय यस दुर्घटनाका विरुद्धमा सबै जनालाई धैर्यताका साथ बस्न आग्रह गर्नुभयो । साथै सरकारले समग्र पेरिसबासीलाई घर बाहिर ननिस्किन र घरभित्रै बस्न आग्रह पनि गरेको छ ।
प्रहरीले आक्रमणकारीहरुमध्ये कम्तीमा पनि छ जना कारबाहीका क्रममा मारिएको जनाएका छन् । पेरिसमा सेना परिचालन गरिएको छ ।
सेना र प्रहरीले संयुक्त रुपमा आतङ्ककारीको खोजीलाई सशक्त बनाएको बताएका छन् । उनीहरुकाअनुसार आक्रमणकारी भागेर कतै जान नपाउन भनेर सबैतिर सीमानाकाहरु बन्द गरिएका छन् ।
विश्वले गरयो निन्दा
उक्त आक्रमणको विश्वले नै निन्दा गरेको छ । विश्वका नेताहरुले यस अवस्थामा फ्रान्सलाई परेको दुःखमा साथ दिन जस्तोसुकै सहयोगको आवश्यक परेपनि पछि नपर्ने जनाएका छन् ।
उनीहरुले फ्रान्समा भइरहेको पटक पटकको आतङ्कवादी हमला पेरिसमा मात्र केन्द्रित नभएर विश्वमा नै फैलिनसक्ने भन्दै यसका विरुद्ध एक भएर लड्ने पनि बताएका छन् ।
संयुक्त राज्य अमेरिका, बेलायत, जर्मनी, नेदरल्याण्ड, चीन, अष्ट्रेलिया लगायतका विश्वका देशले सो आतङ्कवादी हमलाको निन्दा र भत्र्सना पनि गरेका छन् ।
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित