लन्डन । आगामी साता तीन दिने बेलायत भ्रमण गर्न लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध बेलायतस्थित नेपालीहरुले विरोध प्रदर्शन गर्ने भएका छन् । भारतले नेपालमा अघोषित नाकाबन्दी लगाएकामा आक्रोशित नेपालीले मोदी विरुद्ध १२ नोभेम्बर दिउसो १२ बजे बेलायती संसद भवन अगाडि विरोध प्रदर्शन गर्न लागेका हुन् ।
प्रदर्शनको नेतृत्व कांग्रेस सम्वद्ध नेपाली जनसम्पर्क समिति, बेलायतले गर्दैछ । भारतको अघोषित नाकाबन्दीबारे विश्व समुदायसमक्ष जानकारी दिन कार्यक्रम तय गरिएको समितिले जनाएको छ । समितिले सम्पूर्ण बेलायतवासी नेपालीलाई प्रदर्शनमा साथ दिएर ऐक्यवद्धता जनाउन आग्रह समेत गरेको छ ।
उता, समितिबाहेक बेलायतस्थित नेपाली युवाहरुले पनि मोदीविरुद्ध प्रदर्शन सफल बनाउन अभियान गरिरहेका छन् । फेसबुक पेजमा विरोध कार्यक्रमबारे जानकारी दिंदै गणेश खड्का, एभरेष्ट गौतम लगायत युवाले भारतलाई नेपालको आन्तरिक मामलामा हस्तक्षेप नगर्न चेतावनी दिएका छन् ।
यसैबीच, बेलायती सांसद एवं सर्वदलीय संसदीय समितिका नेपाल हेर्ने अध्यक्ष वीरेन्द्र शर्माले बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनलाई एक पत्र पठाउंदै मोदीसंगको भेटका अवसरमा नेपालको अघोषित नाकाबन्दीबारे छलफल गरि समस्या समाधान गरिदिन आग्रह गरेका छन् । प्रधानमन्त्री क्यामरुनले पत्र प्राप्त गरेको जवाफ दिएको जनाउंदै सांसद शर्माले भारतलाई नेपालसंगको पुरानो ऐतिहासिक सम्वन्ध नबिगार्न पनि अनुरोध गरेका छन् ।
भारतीय प्रधानमन्त्री मोदी आगामी १२ देखि १४ नोभेम्बरसम्म तीन दिने बेलायत भ्रमणमा आउंदैछन् ।
काठमाडौँ–३ मा रास्वपाका राजुनाथ पाण्डे विजयी
मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी
काठमाडौँ ६ मा रास्वपाका शिशिर खनाल र काठमाडौं ८ मा विराजभक्त श्रेष्ठ निर्वाचित
रुकुम पूर्वमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड विजयी
राधिका (टिका) गुरुङले एनआरएनए महिला उपाध्यक्षमा पदमा उम्मेदवारी दिनुहुने
पाँचथर समाज सेवा यूकेले मे २ मा १३ औं संस्करणको पाँचथर कप आयोजना गर्ने
तेहरानमा इजरायली आक्रमण, क्षेत्रीय तनाव चुलियो
इजरायल र इरानमा रहेका नेपालीलाई सावधानीका उपाय अपनाउन नेपाल सरकारको अनुरोध
मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन एनआरएनएको आग्रह
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, वार्तामा फर्किन बेलायतका प्रधानमन्त्रीलगायतको आग्रह