
वीरगन्जमा जारी प्रदर्शनमा सहभागी हुन आएका भारत रक्सौलका आशिष कुमार रामको प्रहरी कारबाहीका क्रममा मृत्यु भएपछि भारतीय पक्षले एक्कासी नेपाल भारतका सीमाहरु नाकाबन्दी गरेपछि सीमा क्षेत्रमा रहेका हजारौं मालबाहक गाडीहरु अलपत्र परेका छन् । तस्बिर ः कमल रायमाझी, भैरहवा, रासस
काठमाडौँ, १६ कात्तिक । नेकपा (एमाले) निकट युवा सङ्घ नेपालले भारतले गरेको अघोषित नाकाबन्दीका विरुद्ध सङ्कलन गरेको पाँच लाख हस्ताक्षर सोमबार सरकारलाई बुझाएको छ ।
सङ्घका अध्यक्ष राजीव पहारीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले परराष्ट्र मन्त्रालयमा हस्ताक्षर बुझाएको हो । गत असोज २१ गतेदेखि हस्ताक्षर सङ्कलन गरिएको हो ।
हस्ताक्षर बुझाउन अघि सङ्घको केन्द्रीय कार्यालय बुद्धनगरबाट सङ्घका पदाधिकारी तथा सर्वसाधारणसहित निकालिएको पदयात्रा अनामनगरको हनुमानथानमा आएर कोणसभा गरिएको थियो ।
सभालाई सम्बोधन गर्दै सङ्घका अध्यक्ष पहारीले भारतले गरेको अघोषित नाकाबन्दीबाट भूपरिवेष्ठित राष्ट्र नेपालको पारवहन अधिकार हनन भएकाले अन्तर्राष्ट्रिय कानुन, बहुपक्षीय र दुइपक्षीय व्यापारिक सन्धि सम्झौता तत्काल कार्यान्वयन गर्न माग गरे ।
हस्ताक्षर सङ्कलन अभियानका संयोजक रमेश पौडेलले नेपालको राष्ट्रियता र सार्वभौमसत्तालाई संरक्षण गर्न सम्पूर्ण युवा एकजुट हुनुपर्नेमा जोड दिँदै भारतले गरेको ज्यादतीका विरुद्ध अन्तर्राष्ट्रिय तहमा दबाब सिर्जना गर्न हस्ताक्षर अभियान गरिएको उल्लेख गरे ।
सङ्घका प्रवक्ता प्रभातविक्रम कटुवालले नाकाबन्दीका कारण बिरामीलाई औषधि र उपचार पाउन नसक्ने अवस्था आएको र निमुखा जनताको चुलो बल्न छाडेकामा चिन्ता व्यक्त गर्र्दै देशभर जिल्ला प्रशासन कार्यालयमार्फत नाकाबन्दीका विरुद्ध आज ज्ञापनपत्र बुझाएको बताए ।
नेपालमय बन्यो सान् फ्रान्सिस्को [तस्बिरहरु]
एनआरएनएले भन्यो – ‘नेपाल सरकारको नीति तथा कार्यक्रम स्वागतयोग्य’
तमु धीं यूकेले गर्यो गोर्खा कपमा मुख्य विधातर्फ ४० टिम पुर्याउने घोषणा, टिम दर्ताको समय मे १६ सम्म
नेपाल सरकारको नीति तथा कार्यक्रमः गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
विदेशमा रहेका ३६ नेपाली चिकित्सकको लाइसेन्स खारेजीको निर्णयप्रति गम्भीर ध्यानाकर्षण : एनआरएनए
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेशमाथि नेफिनको गम्भीर ध्यानाकर्षण
बेलायतको स्थानीय चुनाव : कसले मार्ला बाजी ?
नेपालको प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस