काठमाडौँ, १३ कात्तिक । गत वैशाख १२ को भूकम्पले गर्दा क्षतिग्रस्त काठमाडौँ महानगरपालिकाभित्र पर्ने दुई हजार ७०० वटा घर भत्काउनका लागि उजुरी परेकामा हालसम्ममा पाँच सय वटा घर मात्र भत्काइसकिएको छ ।
महानगरपालिकाका कार्यान्वयन महाशाखा प्रमुख धनपति सापकोटाका अनुसार हाल सहरको भित्री भागमा घर भत्काउने काम भइरहेको भए पनि अहिले चाडबाडको समय परेकाले भत्काउने काममा कमी आएको छ । प्रमुख सापकोटाका अनुसार भूकम्पका कारण केही भाग भत्किन पुगी धराप अवस्थामा रहेका घर भत्काउनका लागि नगरवासीले महानगरपालिकामा उजुरी गर्नुपर्ने छ ।
उजुरीपश्चात् महानगरपालिकाले अनुगमन गरेर भत्काउने काम घरधनीले नै गरिरहेका छन् । भत्काउँदा निस्केको फोहोर व्यवस्थापनको काम भने महानगरपालिकाले गर्दै आएको छ । महानगरपालिकाले भत्काइएका घरबाट निस्केको सबै फोहोर खुल्ला मञ्चमा ल्याएर व्यवस्थापन गरिरहेको छ ।
यसैबीच, छिमेकीको घर भत्काउनका लागि परेका दुई सयवटा उजुरीमा भने हाल छिमेकी र घरधनीको विवादले गर्दा भत्काउने वा नभत्काउने भनी मुद्दा परिरहेको छ । भूकम्पपछिको सुरुको समयमा दैनिक २० वटासम्म घर भत्काउने उजुरी आएका भए पनि अहिले हप्ताको चार÷पाँचवटा मात्र उजुरी आउने गरेको छ । अहिले भूकम्पले गर्दा अति प्रभावित स्थान बालाजु, चौमती, सीतापाइला, विष्णुमती नदी किनारका घरहरु भत्काइसकिएको छ । अब कालीमाटी, कलङ्की कुलेश्वरलगायतका स्थानमा घर भत्काउने तयारी रहेको छ ।
भूकम्प गएलगत्तै घर भत्किई सार्वजनिक स्थानमा आएको र भत्केको घरले अरूको घरलाई असर गर्ने अवस्थाका करिब ५० वटा घर भने नेपाली सेना, नेपाल प्रहरी, महानगरपालिका मिलेर भत्काइदिएका थिए ।
महानगरपालिकामा आंशिक क्षति भएका घरमालिकले पनि घर भत्काउन लागेको भन्दै लामो समय भाडामा बस्दै आएकाले घर भत्काउन नहुने भन्दै गरेका उजुरी पनि दुई–तीनवटा आएका छन् । घरधनी विदेशमा भएका र एउटै घर धेरैजनाको नामका भएका पनि तत्काल भत्काउनुपर्ने घर भत्काउन केही समस्या भएको बुझिएको छ ।
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित