काठमाडौँ, ८ कात्तिक । ललितपुरस्थित राष्ट्रसङ्घीय मानवीय समन्वयकर्ताको कार्यालयले इन्धन अभावका कारण मानवीय सहायताका काम नराम्ररी प्रभावित भएकामा चिन्ता र चासो प्रकट गरेको छ ।
कार्यालयका मानवीय समन्वयकर्ता जेमी म्याक गोल्डरिकले आज विज्ञप्ति जारी गरी भूकम्पपछिका छ महिनामा झन्डै सात लाख भूकम्पपीडितलाई आवास र खाद्य सामग्रीको व्यवस्था गरिएको तर शिशिर यामको आगमनसँगै चुलिएको चरम इन्धन अभावले विकट हिमाली भेगका प्रभावितलाई सहायता सामग्री आपूर्ति गर्न कठिन भएको बताएका छन् ।
मानवीय सहायता समुदाय भूकम्पपीडितको सहयोगका लागि प्रतिबद्ध रहेको र अरु ८० हजार परिवारलाई आवास र खाद्य सुरक्षा सुनिश्चित गर्न बाँकी रहेको जनाउँदै उनले विज्ञप्तिमा पछिल्लो समयमा उत्पन्न इन्धन अभावले मानवीय सहायोगका कामको प्रगतिमा बाधा भएको बताइ ।
इन्धन आपूर्ति समस्या समाधान हुने विश्वास व्यक्त गर्दै उनले पुनःनिर्माण प्राधिकरण शीघ्र गठन हुने अपेक्षा मानवीय सहायता समुदायले गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।
यसैबीच राष्ट्रसङ्घीय कृषि तथा खाद्य सङ्गठन (एफएओ)ले भूकम्पबाट अतिप्रभावित सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, गोरखा र रसुवाका पीडितलाई सरकारी नेतृत्वको सहायता टोलीसँग मिलेर निरन्तर सहयोग गरिरहेको जनाएको छ ।
आपत्कालीन सहायताअन्तर्गत ४२ हजार ‘पाँच किलोग्राम धानका बीउयुक्त थैली’ किसानलाई उपलब्ध गराउनाका साथै उच्च पोषणयुक्त चौपाया आहार र ५० हजार परिवारलाई सागसब्जीका बीउ हस्तान्तरण गरिएको सङ्गठनको यहाँस्थित कार्यालयले आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
नेपालको दक्षिणी सीमानाकामा जारी नाकाबन्दीले बीउबिजन, मलखाद र अन्य कृषि उपकरण आयातमा अवरोध भएको उल्लेख गर्दै विज्ञप्तिमा प्रभावित जनसमुदायसम्म ती सामग्री पु¥याउन सरकारसँगको साझेदारीमा वैकल्पिक प्रयास पनि भइरहेको जनाइएको छ ।
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे
ट्रम्प–सीबीच बेइजिङमा वार्ता
सगरमाथा आरोहण मार्ग खुला
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
नेपाल सरकारले हटायो विदेशस्थित १५ जना अवैतनिक दूत [यस्ता छन्, मन्त्रिपरिषद्को निर्णय]
बेलायतमा उत्तर गुरुङ, जीवनारायण बेल्वासे र प्रतिक्षा गुरुङ काउन्सिलर निर्वाचित
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक