
तेहरान, २६ असोज । इरान र विश्वका शक्ति राष्ट्रबीच हालै सम्पन्न भएको आणविक सम्झौताको कार्यान्वयनका लागि इरानको संसदले इरान सरकारलाई अनुमति दिएको छ ।
सो सम्झौता विभिन्न चरणका वार्ताहरुपछि हालैमात्र विश्वका शक्ति राष्ट्रहरु र इरानकाबीचमा सम्पन्न भएको थियो ।
इरानको संसदले मङ्गलबार सो सम्झौता कार्यान्वयनका लागि इरानी सरकारलाई अनुमति दिएको बताइएको छ ।
इरान र विश्वका छवटा शक्ति राष्ट्रबीच सम्पन्न सो सम्झौताको कार्यान्वयनका लागि संसदले अधिकार दिएको बताइएको छ ।
सो सम्झौताका लागि पारित एक कार्य योजना पनि कार्यान्वयनमा ल्याउन संसदले आवश्यक मापदण्ड अपनाउन सरकारलाई सजिलो बनाइदिएको बताइएको छ ।
केही महिनाअघि संयुक्त राष्ट्रसंघका स्थायी सदस्य राष्ट्रहरु पाँचवटा र जर्मनीबीच इरानको पारमाणविक सम्झौता भएको थियो ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन