लन्डन । नेपालको महाभूकम्प पश्चात धरासायी भएको सामुदायिक उद्यम तथा ब्यापारको अवस्थामा सघाउने उद्देश्यले ब्रिटेन नेपाल च्याम्बर अफ कमर्शले लण्डनमा एक कार्यक्रम गरेको छ । गत बिहीबार सेन्ट्रल लण्डनको चर्च अफ स्कटल्याण्डको सभाहलमा आयोजित उक्त कार्यक्रममा भ्रमण तथा ब्यापार मार्फत नेपालसंग जोडिएका बेलायती नागरिकहरुको उल्लेख्य उपस्थिति थियो । कार्यक्रममा प्रवेश शुल्क लगायत संकलन गरिएको रकम सम्बन्धित क्षेत्रको बिकासमा सहयोग स्वरूप खर्चिने आयोजकले बताएका छन् ।
कार्यक्रममा बिना अक्सिजन सगरमाथाको सफल आरोहण गर्ने प्रथम बेलायती नागरिक स्टेफन भिनेबल्सले “वियोन्ड एभरेस्ट” नामक शब्द चित्र प्रस्तुत गरेका थिए ।
हिमालय आरोहीको अलावा एक प्रसिद्द लेखक तथा बक्ताको परिचय समेत बनाएका भिनेबल्स आफ्नो हिमाल आरोहणसंग जोडेर बनाएको फोटो स्लाइड संगको प्रस्तुतिले कार्यक्रमलाई नेपालमय बनाएको थियो । उनले आफ्नो प्रस्तुतिमा भूकम्प पश्चात नेपाल भ्रमणको लागि सुरक्षित रहेको बताएका थिए ।
त्यसैगरि बीबीसी वर्ल्ड सर्भिसका डेनियल वालेसले “अर्थ क्वयेक एट एभरेस्ट क्याम्प ” नामक प्रस्तुतिमा बिनासकारी भूकम्पले सगरमाथा आधार शिविरमा पुर्याएको असरबारे प्रकाश पारेका थिए । भूकम्पपछिको हिम पहिरो र त्यसले गरेको मानवीय क्षति लगायत बिषयमा प्रस्तुति दिदै उनले उद्दार कार्यमा नेपाल र नेपालीले देखाएको साहसको सराहना गरेका थिए ।
कार्यक्रममा ब्रिटेन नेपाल च्याम्बर अफ कमर्शका अध्यक्ष राजन कंडेलले उपस्थितहरुलाई धन्यबाद दिदै नेपालको दिगो बिकासको लागी सहयोग भन्दा पनि व्यापारमा लगानी बढाउनु पर्ने धारणा व्यक्त गरेका थिए ।
कार्यक्रममा बेलायती कम्पनीका प्रतिनिधि तथा नेपाली समुदायका व्यवसायीहरुको उपस्थिति थियो । उक्त अवसरमा नेपालको पर्यटन प्रवर्धनमा टेवा पुग्ने खालका सामग्रीहरु प्रदर्शन गरिएको थियो । बिदेशमा रहेका नेपालि संघ संस्था हरुले पनि यस्तो खालको कार्यक्रम गर्न सके खासमा नेपालको लागि धेरै फाईदा पुग्ने कुरा सहभागी नेपालीले बताएका थिए ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो