लन्डन । नेपाली व्यवसायीले सञ्चालन गरेको अल्डरसटस्थित गोर्खा भिल्ला रेष्टुरेन्टको ‘फुड हाइजिन’ ज्यादै खस्केको पाइएपछि काउन्सिलले सञ्चालकलाई सचेत गराएको छ । रसमुर बरो काउन्सिलले बिहीबार औपचारिक रुपमा रेष्टुरेन्टलाई ‘फुड हाइजिन’ बारे सचेत गराएको हो ।
गत १९ अगष्टमा काउन्सिलका वातावरणीय स्वास्थ्य अधिकृतहरुले आकष्मिक छड्के जांच गर्दा रेष्टुरेन्टको फुड हाइजिन जनस्वास्थ्यलाई नै असर गर्ने खालको पाइएको थियो ।
जांचका क्रममा काउन्सिल अधिकृतहरुले खाना पकाउने भान्सा र रेष्टुरेन्ट परिसर दुर्गन्धित भेट्टाएका थिए । भांडा वर्तन पनि फोहोर र असरल्ल थिए । जांचपछि काउन्सिलले तत्काल सुधार आवश्यक रहेको निष्कर्ष सहित जिरो रेटिङमा झारिदिएको थियो । त्यस लगत्तै रेष्टुरेन्ट बन्द गरिएको थियो । काउन्सिलले बारम्बारको निरिक्षणपछि आवश्यक सुधार गरेर रेष्टुरेन्ट ९ दिनपछि पुनः सञ्चालन गर्न अनुमति दिएको थियो ।
गोर्खा भिल्ला लि.का निर्देशक आनन्द देवानले काउन्सिलको छड्केपछि आफ्नो कमजोरी स्वीकार्दै भविष्यमा कम्पनी बन्द गर्ने मनसाय जाहेर गरेका थिए ।
काउन्सिलकी वातावरणीय स्वास्थ्य अधिकृत जुली बर्कले आफूले पहिलोपटक यस्तो दुर्गन्धित पाएको बताइन् ।
काउन्सिल अन्तर्गत सेफ्टी एण्ड रेगुलेसनका क्याबिनेट मेम्बर काउन्सिलर केन मस्च्याम्पले रेष्टुरेन्टको अवस्था देखेर आश्चर्यचकित भएको उल्लेख गर्दैै रसमुरवासीलाई फुड स्ट्याण्डर्ड एजेन्सीको फुड हाइजिन रेटिङ परिक्षण गर्न पनि आग्रह गरे । व्यक्तिगत भन्ने हो भने आफू ४ वा ५ रेटिङ पाएको रेष्टुरेन्टको मात्र खाना खाने उनको भनाइ थियो ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा