स्कटल्याण्ड । नेपालमा नयां संविधान जारी भएको अवसरमा स्कटल्याण्डस्थित एबरडिनवासी नेपालीले चियापान कार्यक्रम गरि खुशी साटेका छन् । गत आइतवार सांझ नेपलिज हिमालयन एसोसिएसनले संस्थाका पदाधिकारी एवं एबरडिनमा रहेका विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको सहभागितामा कार्यक्रम गरेको हो ।
चियापान कार्यक्रमको संयोजन संस्थाका अध्यक्ष टक बहादुर थापाले गरेका थिए । सो अवसरमा उपस्थित व्यक्तिले नेपालमा साढे छ दशक देखिको नेपालीको सपना यस पटक पुरा भएकामा खुशी प्रकट गरे ।
कार्यक्रममा संस्थाका कार्यकारी सदस्य एवं नेपाल पत्रकार महासंघ, बेलायतका पार्षद माधव रेग्मीले संविधान सम्वन्धि व्यवस्थाबारे सहभागीसंग जिज्ञाषा राखेका थिए । रेग्मीले संस्थाका अध्यक्ष थापालाई गैर आवासीय नेपाली नागरिकता सम्बन्धि नेपालको संविधान २०७२ ले गरेको व्यवस्थाबारे प्रतिक्रिया मागेपछि थापाले गैर आवासीय नेपाली नागरिकता सम्बन्धि व्यवस्था गरेर नेपाल सरकारले मुलुकबाहिर बस्ने नेपाली नागरिकता नत्यागेका तर नेपाललाई माया गर्ने नेपालीहरुको भावनाको कदर गरेको उल्लेख गरे ।
त्यस्तै एबरडिनका सामाजिक अभियन्ता डा. सोहन घिमिरेले नेपालमा नयां संविधान घोषणाले मुलुकमा स्थायी शान्ति आउने र विकासले गति लिनेमा मुलुक बाहिर बस्ने नेपाली आशावादी भएको बताए । डा. घिमिरेले तराई मधेशका आवाज समेत सम्बोधन गर्न सकेको भए सबैको अपनत्व हुने उल्लेख गरे ।
एबरडिनमा रेस्टुरेन्ट ब्यवसाय गर्ने क्रिस भेटवालले अब विदेश बस्ने नेपालीले नेपालमै गएर पनि आफ्नो दक्षताअनुशारको व्यापार व्यवसाय गर्न लगानीको वातावरण बनेको धारणा राखे ।
नेपालमा जारी नयां संविधानबारे बेलायतमा बसेर विभिन्न विषयमा विद्यावारिधि गरिरहेका नेपाल पत्रकार महासंघ बेलायत शाखाका कार्यकारी सदस्य शिव तिवारी, नेकपा एमाले बेलायतका कार्यकर्ता तोया सापकोटा र नेपलिज हिमालयनका सचिव मीन भट्टले पनि जिज्ञासा राखेका थिए ।
उनीहरुले नेपालमा दिगो शान्ति भई विकास निर्माणले बाटो लिने आशा व्यक्त गरेका थिए । तिवारीले मानव अधिकार र स्वतन्त्र सञ्चार सम्बन्धि विषयमा आफ्नो विचार राखेका थिए भने सापकोटाले राजनैतिक एवं मौलिक अधिकार र तराई मधेशमा भएको आन्दोलनबारे टिप्पणी गरे ।
त्यसैगरि, मीन भट्टले नेपालले आपनाउनु पर्ने कूटनैतिक आचरणका विषयमा ब्याख्या गरेका थिए । अन्त्यमा अध्यक्ष थापाले अन्तरक्रिया कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिंदै नेपालमा अब शान्ति, विकास र निर्माणको युग प्रारम्भ हुने विश्वास व्यक्त गरेका थिए ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा