बिहीबार, असोज ८ २०७७ | Thu, September 24, 2020
नेपालको समय: ०४:२८ | UK Time: 23:43

भारतको अघोषित नाकाबन्दी विरुद्ध लण्डन हाइ कमिशनमा विरोध

वीनेपाली
२०७२ असोज २० गते १३:०३

high
लन्डन । गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) ले भारतले झण्डै दुई सातादेखि नेपालमा लगाइरहेको अघोषित नाकावन्दी विरुद्ध लन्डनस्थित भारतीय हाइ कमिशनमा विरोध प्रदर्शन गरेको छ ।

बुधवार विहान हाइ कमिशन कार्यालय अल्डवीच पुगेर एनआरएन युकेका पदाधिकारीले ज्ञापन पत्र समेत बुझाएका छन । एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङले मिनिस्टर फर कोअर्डिनेशन मार्फत भारत सरकारलाई नेपालमा लगाइएको अघोषित नाकावन्दी तत्काल खोल्न माग गर्दै ज्ञापन पत्र बुझाएका थिए । ज्ञापन पत्रमा नाकावन्दीपछि नेपालमा जनजीवन अस्तव्यस्त भएको जनाउदै पेट्रोलियम पदार्थ, खाद्यान्नलगायत अत्यावश्यक बस्तुको आपुर्ति सुचारु गर्न भारतसँग माग गरिएको छ । आफूलाई प्रजातान्त्रिक मुलुक भन्न रुचाउने भारतले नाकाबन्दी खालेर आफ्नो भनाइ सार्थक तुल्याउने विश्वास समेत ज्ञापनमा छ ।

लामो समयदेखि नेपाल भारत कुटनीतिक सम्बन्ध प्रगाढ रहेको स्मरण गराउदै पत्रमा अन्तराष्ट्रिय कानुन र सन्धी पालना गरेर भारतले अघोषित नाकावन्दी फिर्ता लिने अपेक्षा गरिएको छ । पत्र बुझाउन अध्यक्ष गुरुङलगायत दुई दर्जन व्यक्तिहरु हाइ कमिशन कार्यालय पुगेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक